back
NMB ad

बैंक ब्याजदर वृद्धि र प्रधानन्यायाधीश जबरा विरुद्ध महाअधियोगको बजार प्रभाव, सय अंकले घट्यो

Kumari bank ad

काठमाडौँ । सातको पहिलो कारोबार दिन आज बजारमा भारी अंकको गिरावट आएको छ । यो दिन बजार १००.६७ अंकले घटेको छ ।

चुनावको मिति तयभएसँगै आज बजार बढ्ने आंकलन धेरै लगानीकर्ताको भएपनि विभिन्न कारणले गर्दा बजारमा भारी गिरावट आएको हो ।

एकातर्फ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता र अर्काेतर्फ आज बैंकहरुले निक्षेपमा ब्याजदर वृद्धि गरी सार्वजनीक गरेसँगै बजारमा भारी गिरावट आएको हो ।

एउटा कम्पनीको पनि बढेन सेयरमूल्य

आज २२७ स्क्रिप्टको कारोबार भयो त्यसमध्ये १९१ वटा कम्पनीहरुमात्रै रहेको थिए । कारोबारमा आएका त्यी कम्पनीहरुमध्ये कुनैको पनि सेयर मूल्यमा वृद्धि भएन । स्वाभिमान लघिवित्त वित्तीय संस्थाको भने सेयर मूल्य स्थिर रहेको छ बाँकी १९० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सेयरमूल्य बढ्नेमा फण्डमात्रै
आज मात्रै पाँच स्क्रिप्टको सेयर मूल्यमा वृद्धि भयो । यो दिन एनआईबीएल समृद्धि फण्ड–२, सनराइज ब्लुचीप फण्ड, नविल ब्यालेन्स फण्ड–३, मेगा म्यच्युअल फण्ड–१ लक्ष्मी उन्नती कोषको सेयरमूल्यमा मात्रै वृद्धि भएको छ । यद्यपी यी स्क्रिपटको सेयर मूल्यमा पनि २ प्रतिशत मूल्यवृद्धि पुग्न सकेन । सबैको २ प्रतिशत भन्दा कम नै मूल्य वृद्धि भयो ।

कारोबार रकममा भने सुधार,
पछिल्ला दुई कारोबारको तुलनामा आज कारोबार रकममा भने सुधार आएको छ । यो दिन १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकी बिहीबार मात्रै ३ अर्ब ८२ करोड ९५ लाखको कारोबार भएको थियो ।

 

वि.सं.२०७८ फागुन १ आइतवार १५:४० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...