back
NMB ad

देशको अर्थतन्त्र भड्खालोतिर, शोधनान्तर इतिहासकै सबैभन्दा बढी घाटामा

Kumari bank ad

काठमाडौ । नेपालको अर्थतन्त्र ओरालो गतिमा लागेको छ । बाह्य तथा आन्तरिक अर्थतन्त्रको अवस्था दिनानुदिन नाजुक हुदै गएको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकलाई हेर्दा शोधनान्तर घाटाले नयाँ रेकर्ड बनाएको छ ।

इतिहासमा नै पहिलो पटक शोधनान्तर २ खर्ब ४१ अर्ब ३० करोड रुपैयाँ घाटामा छ । गत बर्षको सोही अवधिमा शोधनान्तर १२४ अर्ब ९१ करोड रुपैयाँ बचतमा रहेको थियो भने अघिल्लो बर्षको पुससम्ममा शोधनान्तर २८२ अर्ब ४० करोड बचत रहेको थियो ।

त्यस्तै आर्थिक बर्ष २०७५÷७६ मा २६ अर्ब ६४ करोड ८० लाख रुपैयाँ बचतमा रहेको थियो । यसले नेपालको आयात र निर्यातविचको खाँडल ठूलो देखाउँछ । नेपालमा चालु आर्थिक बर्षको ६ महिनामा मात्रै ९ खर्ब ९९ अर्ब २३ करोड बराबरको आयात भएको छ भने १ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

जसले गर्दा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको देखिएको छ । व्यापारघाटाका कारण देशको शोधनान्तरमा घाटा हुन पुगेको छ । यसको मतलव चालु आर्थिक बर्षको ६ महिनामा नै नेपालबाट झन्डै साढे २ खर्ब रुपैया बराबरको रकम बाहिरिएको छ भन्ने हो ।

शोधनान्तर घाटामा उच्च बृद्धि हुनुमा डलरको भाउमा भएको बृद्धि पनि एक कारण रहेको नेपाल राष्ट्र बैंकको भनाई छ । आर्थिक बर्ष २०७५÷७६ मा नेपाली रुपैयाँ डलरसँग बार्षिक औषत १०४ रुपैयाँ थियो तर चालु आर्थिक बर्षको ६ महिनासम्मा बार्षिक औषत ११९ रुपैयाँ पुगेको छ । जसका कारण आयातित सामानको मुल्यमा बृद्धि भई परिमाणमा बृद्धि नभएपनि डलरसँग नेपालीमुल्य अवमुल्यन हुदा शोधनान्तर त विदेशी मुद्रा दुवैको संचितिमा चाप पर्न गएको राष्ट्र बैंकको दावी छ ।

त्यस्तै अर्थतन्त्रको अर्को मुख्य सुचक विदेशी मुद्राको संचिति हो । पछिल्लो समयमा यसको संचितिमा पनि मासिक औषत ४५ अर्ब रुपैयाँका दरले गिरावट आइरहेको छ । शोधनान्तर घाटामा आएको उच्च बृद्धिका कारण विदेशी मुद्राको संचितिमा पनि दवाव परेको हो ।

चालु आर्थिक बर्षको ६ महिनामा देशले २ खर्ब ३३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचिति गुमाइसकेको छ । चालु आर्थिक बर्षको ६ महिनामा नेपालसँग ११ खर्ब ६५ अर्ब बराबरको विदेशी मुद्रा संचिति रहेको छ । जसले जम्मा ६.६ महिनाको बस्तु तथा सेवा धान्न पुग्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैदेशिक मुद्राको संचिति ७.२ प्रतिशतको बस्तु तथा सेवा धान्न सक्ने लक्ष्य राखेको थियो । तर ६ महिनामा नै लक्षित सिमा भन्दा कम भइसकेको छ ।

त्यस्तै पछिल्लो समयमा सरकार निर्यातमा ९५.४८ प्रतिशतले बृद्धि भएको भन्दै मख्ख छ तर त्यो निर्यात कस्तो हो भन्ने कुराको उसले ख्याल गरेको छैन । राष्ट्र बैंककै तथ्यांक अनुसार नेपालमा सवैभन्दा बढी आयात हुने बस्तुमा पैट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स सामानहरु बाहेक पाँचौ सर्वाधिक आयात हुनेमा सोयाविन तेल रहेको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा सोयाविन तेलको कच्चा पदार्थको आयात कुल आयातको ३.७ अर्थात् ३६ अर्ब ५८ करोड ९० लाख रुपैयाँ बराबरको छ । जवकि सोही तेल रिफाइन गरेर निर्यात गर्दा नेपालको कुल निर्यातको २८.८ प्रतिशत अर्थात् ३४ अर्ब २७ करोड बराबरको निर्यात भएको छ ।

त्यस्तै पाम तेलको कच्चा पदार्थ जुन कुल आयातको २.८ अर्थात २७ अर्ब ४९ करोड १० लाख रुपैयाँ बराबरको नेपालमा आयात भएको छ । रिफाइन पाम तेल नेपालले कुल निर्यातको २६.९ अर्थात् ३१ अर्ब ९७ करोड ५० लाख रुपैयाँ बराबर निर्यात गरेको छ । पाम तेल नेपालमा आयात हुने बस्तुहरुमा ७ औ स्थानमा पर्दछन् ।

यसबाट पनि स्पष्ट रुपमा देख्न सकिन्छ नेपालको निर्यातमा दिगोपना छैन । यदी भारतसरकारले पाम र सोयाविन तेलको आयातलाई बन्द गरिदिने वा भन्सार महसुल बढाउने हो भने नेपालको निर्यात झन्डै ५५ प्रतिशतले घट्ने पक्का छ ।

नेपालका दिगो निर्यात नभएको र निर्यातलाई दिगो बनाउन सरकारले ध्यान नदिएको अर्थशास्त्री डा.चन्द्रमणी भट्टराईले टिप्पणी गरे । यसले समग्र देशको अर्थतन्त्रलाई हानी गरिरहेको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले गत श्ुक्रबार कर्जा बढाउनका लागि बैंकर्सहरुलाई दवाव दियो नभन्दै फागुन १ देखि लागु हुने गरी बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर बढाए । निक्षेपमा बाणिज्य बैंकहरुले १२.०३ सम्म दिने र विकास बैंकहरुले १२.५५ सम्म र फाइनान्स कम्पनीहरुले ति दुईको भन्दा ०.५० प्रतिशतले बढी दिने गरी व्याजदर बढाए । जसको असर कर्जामा पर्यो ।

तरलता अभावका कारण उसै त कर्जा दिन बन्द गरेका बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर बढाएपछि खर्च बढ्ने भन्दै थप कर्जामा व्याजदर बढाउन थालेपछि कर्जा रोकिने छ । कर्जा रोकिएसँगै समग्र अर्थतन्त्रको साइकलमा धक्का लाग्ने अन्ततः आर्थिक बृद्धिमा गम्भीर असर पर्ने बैकिङ विश्लेषक पर्शुराम कुँवर क्षत्री बताउँछन् । उनका अनुसार आयात रोक्नका लागि राष्ट्र बैंकले गरेको यो व्यवस्थाले समग्र अर्थतन्त्रमा नै समस्या पार्ने छ ।

त्यस्तै पुँजीगत खर्च पनि चालु आर्थिक बर्षको सात महिना कटिसक्दा जम्मा १६.३५ प्रतिशतल मात्र भएको छ । असोज १० गते अर्थमन्त्रालयले पहिलो त्रैमासमा न्युनतम १० प्रतिशत र त्यसपछिको हरेक महिनामा न्युनतम १० प्रतिशतले खर्च गर्न भन्दै सम्बन्धीत निकायहरुलाई बजेट कायान्वयन सम्बन्धी मार्गदर्शन पठाएको थियो । तर मन्त्रालयहरुले मार्गदर्शन अनुसार काम नगर्दा पूँजीगत खर्चमा समस्या परेको हो ।

पुँजीगत खर्च नभएपछि त्यसको प्रभाव तरलतामा पर्यो । बैंक तथा वित्तिय संस्थाहरुले तरलताको चरम अभाव झेल्नुपरीरहेको छ । उनीहरुले तरलताको अभावका कारण कर्जा विस्तार गर्न सकिरहेका छैनन् । व्यवसाय विस्तार गर्न नसक्दा सोको असर नाफामा पर्नेछ । पछिल्लो समयमा तरलता अभावका कारण राष्ट्र बैंकले राखेको प्रावधानका लागि तरलता राख्न पनि बैंकहरुसँग पैसा छैन । उनीहरुले चालु आर्थिक बर्षको ७ महिनामा साढे ३७ खर्ब रुपैया बराबरको स्थायी तरलता सुविधा (एसएलएफ्) चलाइसकेका छन् ।

त्यस्तै उनीहरुले कर्जा रोक्दा अर्थतन्त्र चक्र चल्दैन । व्यापारी व्यवासायीहरुले अर्थतन्त्र चलाउनका लागि अनौपचारिक तवरबाट रकमहरु झिक्न थाल्छन् जसले बजारमा अनौपचारिक अर्थतन्त्र मौलाएर औपचारिक छायामा पर्ने सम्भावना अत्यधिक हुने अर्थशास्त्री डा.अधिकारीको भनाई छ ।
अर्थतन्त्रका सुचकहरु केलाउदा देश भड्खालो तिर गइरहेको छ तर सरकारमा बस्नेहरुले सत्ताको चलखेलमा नै व्यस्त रहेका छन् । यदी समयमा नै उपचारका उपायहरु नअपनाइए देश भड्खालोमा जाने निश्चित रहेको अर्थशास्त्रीहरुको दावी छ ।

वि.सं.२०७८ फागुन २ सोमवार १४:२७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...