back
NMB ad

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Kumari bank ad

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ ।

बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका वडा नं. १, देउराली बजार तथा वडा नं. ६, रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका वडा नं. ४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११, खार्मी, नुवाकोट जिल्लाको लिखु गाँउपालिका वडा नं. ४, चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ६, बाँकेटारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहनेगरी देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने,DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १८:२१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...