back
NMB ad

एनएमबी बैंकको उकालो यात्रा, पाँच बर्षमा ४ वटा अवार्ड

Kumari bank ad

काठमाडौ । सन् २०१७ मा पहिलो पटक जव एनएमबी बैंकले ‘बैंक अफ इयर’को अवार्ड उचाल्यो । त्यतिवेला नै अध्यक्ष पवन कुमार गोल्यानले सोचेका थिए एक दिन एसियाको सवैभन्दा राम्रो बैंकको अवार्ड उचाल्ने ।

बेलायतमा भएको अवार्ड समारोहमा उनीसँगै गएका थिए एनएमबी बैंकका सिइओ सुनिल केसी । उनीहरुले अवार्ड कार्यक्रम सकेर नेपाल फर्केपछि बैंकको व्यवसायलाई विविधिकरण गरे । उनीहरुले जानेकी कसरी बैंकलाई अगाडी बढाउनुपर्छ अन्य देशका बैंकहरु कसरी अगाडी बढीरहेका छन् भन्ने कुरा ।

नाफा नै पहिलो प्राथमिकता हुनु नहुने सोच व्यवस्थापन र संचालक दुवैमा मिल्यो र एनएमबी बैंक सोही अनुसार आफ्नो व्यापार व्यवसाय एसएमईजहरुमा केन्द्रित गराउँदै लगे ।

फलस्वरुप उनीहरु थप राम्रो बन्दै गएर पाँच बर्षको अवधिमा चार वटा बैंक अफ दि इयरको अवार्ड उचाल्न सफल भए । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि अवार्ड हात पार्यो ।

एनएमबीको अवार्ड यात्रा यतिमै सिमित भएन । विश्वभर प्रतिष्ठाको रुपमा लिइएको र नेपालमा पनि नियामकीय मान्यता प्राप्त गरेको दि बेलायत (युके) को फाइनान्सियल टाइम्सद्वारा प्रकाशित ‘द बैंकर’ म्यागजिनले हरेक वर्ष प्रदान गर्ने ‘बैंक अफ दि इयर एसिया–२०२१’ अवार्डबाट पनि एनएमबी सम्मानित भएको छ । एसिया अवार्ड प्राप्त गर्ने एनएमबी नै नेपालको पहिलो बैंक हो ।

 

एसिया अवार्डमा एसिया महादेशका ४८ देशका बैंकहरु सहभागी हुन्छन् । एसियामै पनि एसिया अवार्डबाट एग्रिकल्चरल बैंक अफ चाइना, डिबीएस सिंगापुर र वुरी बैंक कोरियाजस्ता थोरै बैंक मात्र सम्मानित भएका छन् ।

एसिया अवार्डले एनएमबीलाई नेपालमा मात्रै नभएर विश्वबजारमा समेत परिचित बनाउन सहयोग गरेको छ । दि बैंकरले पहिलोपटक २००२ मा स्टयान्डर्ड चार्टर्ड बैंकलाई बैंक अफ दि इयरबाट सम्मानित गरेको थियो ।

बैंक कर्पोरेट ग्राहक भन्दा पनि एसएमईजमा केन्द्रित भयो भने देशको साथसाथै विदेशमा पनि राम्रो छाप छोड्न सक्छ भन्ने देखाउन सफल भयो ।

१९९८ मा नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका रुपमा सञ्चालनमा आएको एनएमबी २००७ मा वित्त कम्पनीबाट एकैपटक वाणिज्य बैंकमा स्तरोन्नति भएको थियो । तत्कालिन गभर्नर विजयनाथ भट्टराईलाई तत्कालिन सिइओ उपेन्द्र पौडेलले भेटेर आफूहरु बाणिज्य बैंकमा स्तरोन्नति हुन चाहेको कुरा राख्दा उनले एकैपटक दुई स्टेप पार गर्न राम्रो नहुने भनेका थिए ।

तर पौडेलले कसैले ५१ करोड पुँजी बनाएर बाणिज्य बैंक बन्न भन्यो भने अनुमति दिनुहुने तर आफूहरुलाई एक अर्बको पुँजी पुर्याउछु भन्दा पनि किन नदिने भनेर स्पष्ट कुरा राखेपछि गभर्नर भट्टराईले कानुन शाखासँग सल्लाह गरेर २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने शर्तमा बाणिज्य बैंकको अनुमति दिएका थिए ।

बाणिज्य बैंक भएर फरक पहिचानका साथ अगाडी बढ्ने चुनौति भने एनएमबी बैंकमा थपिएको थियो । तर व्यवस्थापन र संचालकबीचको राम्रो कम्विनेशनले बैंकलाई अगाडी लैजान थप मद्दत पुग्यो ।

पछिल्लो समयमा बैंकहरु तरलता अभावले छट्पटइरहेको बेलामा पनि एनएमबी बैंकले भने विदेशी पूँजी नेपालमा भित्र्याउन सफल भयो । हालसम्म सो बैंकले विदेशी संस्थाहरुबाट ८ अर्ब रूपैयाँ ल्याइसकेको छ भने थप ८ अर्ब ल्याउनका लागि विभिन्न संस्थासँग सम्झौता गरिसकेको छ ।

चालू वर्षमा मात्रै एनएमबी सिंगापुरको ‘चाल्ट्रन मिडिया ग्रुप’ ले प्रकाशित गर्दै आएको पत्रिका ‘एसियन बैंकिङ एन्ड फाइनान्स’ बाट ‘कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ अवार्ड’ विधाको ‘ग्रिन डिल अफ द इयर–२०२१’ ले सम्मानित भएको छ ।

त्यस्तै भारतीय बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिसको स्वामित्वमा रहेको एजभर्बले पनि ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२१’ का लागि एनएमबीलाई ‘टु डिजिटल इनिसियटिभ’ को सम्मान दिएको छ ।

चालु आर्थिक बर्षको ६ महिना (पुस मसान्तसम्ममा) मा एनएमबी बैंकले कुल लगानीको प्राथमिकता प्राप्त क्षेत्रमा ३३.३५ प्रतिशत रकम लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकले कृषि, उर्जा र एसएमईजका क्षेत्रलाई प्राथकिताप्राप्त क्षेत्रको रुपमा तोकेको छ । सो क्षेत्रमा कम्तीमा ३० प्रतिशत लगानी अनिवार्य गर्नुपर्ने राष्ट्र बैंकले बताएपनि एनएमबी बैंकले भने ३३.३५ प्रतिशत लगानी गरको छ ।

जवकी बाणिज्य बैंकहरुको यस क्षेत्रमा लगानीको औसत भनेको २६.०६ प्रतिशत हो । त्यस्तै सो बैंकले कृषि क्षेत्रमा १२.२६, उर्जामा ८.४७ र एसएमइजको क्षेत्रमा १२.६२ प्रतिशत लगानी गरेको छ ।
कुनै समय ३५ प्रतिशतसम्म लाभांस दिन सकेको सो बैंकले गत आर्थिक बर्षमा भने १५ प्रतिशत लाभांश दिएको छ । यो पनि कोरोनाको समयमा राम्रो प्रतिफल रहेको लगानीकर्ताहरु बताउँछन् ।

मलेसियाको क्वालालम्पुरमा प्रतिनिधि कार्यालय खोलेको एनएमबीको सहायक कम्पनीको रुपमा एनएमबी क्यापिटलमा पूर्ण स्वामित्व र एनएमबी लघुवित्त वित्तीय संस्थामा ५१ प्रतिशत स्वामित्व रहेको छ । बैंकमा १७४४ जना कर्मचारी क्रियाशील छन् ।

एनएमबीका अध्यक्ष पवनकुमार गोल्यान बैंकले स–साना उद्यमी जन्माउनका लागि लगानी गरिरहेको बताउँछन् । साथै विभिन्न समयमा पाइने अवार्डहरुले बैंकको जिम्मेवारी थप बढ्ने पनि उनको भनाई छ ।

एनएमबी बैंकले विभिन्न समयमा संस्थाहरुलाई गाभ्दै पनि आइरहेको छ । सो बैंकले क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक, पाथीभरा विकास बैंक, प्रुडेन्सियल फाइनान्स, ओम डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ ।

एउटै प्रकृतिका नभएर फाइनान्स र विकास बैंकलाइ गाभेर बनेको एनएमबी बैंक पछिल्लो समयममा हरेक सूचकमा अब्बल देखिएको छ । २०७२ सालदेखि एनएमबीको २० प्रतिशतको पार्टनर नेदरल्याण्डको एफएमओलाई भित्र्याएको छ ।

२०६४ साउन २१ गते बबरमहलस्थित आफ्नै भवनबाट मात्र वित्तीय कारोबार गरेको एनएमबीले यसबीचमा आफ्ना सेवालाई विस्तार गर्दै २ सय १ शाखा, ९ एक्सटेन्सन काउन्टर तथा १ सय ३८ वटा एटिएममार्फत सेवा दिइरहेको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार ०९:२० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...