back
NMB ad

४२.७० प्रतिशतले बढ्यो आत्मनिर्भर लघुवित्तको नाफा, अन्य सूचकहरुमा पनि सुधार

Kumari bank ad

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ४ करोड ७९ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ४२.७० प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३६ लाख १३ हजार रुपैयाँ गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५५.२९ प्रतिशतले वृद्धि भई ६ करोड ७५ लाख २८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो आम्दानी गत वर्षको सोही अवधिमा भने ४ करोड ३४ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको संचालन मुनाफा पनि १८२.८८ प्रतिशतले वृद्धि भई ५ करोड ९३ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो मुनाफा २ करोड ९ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १५ करोड ३२ लाख ३६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले खराब कर्जामा भने केही सुधार गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा ४.५८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर ४.१८ प्रतिशतमा झारेको छ ।

वि.सं.२०७८ फागुन ५ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...