back
NMB ad

नेशनल लाइफको एजीएम मिति जुर्यो, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा गर्ने मिति तय गरेको छ ।

कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा बोलाएको हो ।

बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा प्रस्तावित बोनस सेयर कार्यान्वयन गर्न एवंम भविष्यमा सम्भावित पूँजी सम्बन्धी आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा(८)र नियमावली को नियम(४)मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिने उल्लेख छ ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन २२ गते एक दिनका लागि बुक क्लोजको निर्णय गरेको छ । यसर्थ फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:३५ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...