back
NMB ad

नेपाली बजारमा ‘टिगोर इभी’ को इन्ट्री : यस्ता छन् आकर्षक विशेषताहरु, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा टाटाको कम्प्याक्ट सेडान टिगोरको इलेक्ट्रीक भर्सन टिगोर इभी भित्रिएको छ । टाटा निक्सन इभीको सफलतापछि टाटाले ’टिगोर इभी’ नेपालमा ल्याएको हो।

टाटाको नेपाली आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ कम्पनी रहेको छ । टिगोर इभीमा टाटाले १७२ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

टिगोर इभीमा ड्राइभ र स्पोर्ट गरी दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ । यस गाडीमा भएको ब्याट्रीमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ ।

टाटा टिगोर इभीको मूल्य नेपाली बजारमा भेरियन्ट अनुसार फरक– फरक छ । जसमा सबैभन्दा सस्तो भनिएको एक्स ई मोडेलको मूल्य २९ लाख ९९ हजार, एक्स एमको ३१ लाख ४९ हजार र एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

टिगोर इभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ । यो सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान गरिएको कम्पनीले जनाएको छ ।

यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यो गाडी फुल चार्ज हुँदा ३०६ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले जनाएको छ ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेको कम्पनीले बताएको छ । गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ।

चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरु छन्, जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् । सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरु समावेश गरेको छ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...