काठमाडौं । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ ।
उक्त अफर अन्तर्गत कम्पनीले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ भने एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ ।
उक्त अफर भोलि एक दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।
साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने २ सय रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५ रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १७:०९ मा प्रकाशित