back
NMB ad

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पारित गर्यो यस्ता एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । अजोड ईन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न सभाले संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।

सोही सभाले लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

यसका साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आव २०७८/७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण समेत गरको छ ।

कम्पनीले चालु आव २०७८/७९ को पुष मसान्त सम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

थप २ शाखा ठमेल काठमाडौं, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आव २०७७/७८ मा कुल बीमा शुल्क १.३१ अर्व रुपैयाँ आर्जन गरेको छ ।

उक्त अवधिमा कम्पनीको खुद नाफा १०.२० करोड रुपैयाँ रहेको छ भने बीमाकोषमा ११.२१ करोड रुपैयाँ संचित रहेको छ ।

अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८ प्रतिशत खुद नाफामा ६०.३३ प्रतिशत, एवं बीमाकोषमा ७९.८२ प्रीतशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १८:२२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...