back
NMB ad

अब निःशुल्क मेरो शेयर खाता नवीकरण गर्न सकिने, खल्तीले ल्यायो यस्तो सुविधाहरु

Kumari bank ad

काठमाडौं । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता दिन प्रतिदिन बढ्दै आइरहेको छ ।यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ ।

यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्।

प्रयोगकर्ताले मेरो सेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १ हजार ५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन् । यो अफर आगामी चैत २ गतेसम्म लागु हुनेछ ।

यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन दिने विश्वास लिएको छु ।’

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

वि.सं.२०७८ फागुन ६ शुक्रवार १८:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...