back
NMB ad

कुपोषणमुक्त पालिका बनाउन जनप्रतिनिधिको पोषणयुक्त कोसेली

Kumari bank ad

जुम्ला । जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा यतिबेला कुपोषणरहित गाउँपालिका बनाउन घरदैलो अभियानमा छिन् । उनी स्वास्थ्यकर्मीसहित पोषणको सन्देश बोकेर गाउँगाउँमा पुगेकी हुन् । उनी अघिल्ला बर्षहरूमा पनि पोषणयुक्त खानेकुराको कोसेली लिएर गाउँगाउँमा पुगेकी थिइन । यसपटक भने उनी स्वास्थ्यकर्मी नै लिएर गाउँबस्तीमा पुगेकी हुन् ।

उपाध्यक्ष बिष्णु बुढाले भनिन्, ‘सहजकर्ता र स्वास्थ्यकर्मी समेतसँगै गाउँ पुगेका छौँ ।’ उनले भनिन्, ‘सुनौलो हजार दिनभित्रको समय निकै संवेदनशील हो । यो समयमा पोषणको निकै आवश्यकता पर्छ । जबसम्म पोषिलो खानेकुरा दिइदैन, तबसम्म आमा र शिशुको स्वास्थ्य अवस्था मजबुद हुँदैन ।’

उपाध्यक्ष बुढाले पहिलो बर्ष शुद्ध खानेपानीका लागि फिल्टर बाँड्ने अभियान चलाएकी थिइन । दोस्रो बर्ष अण्डा, तेल र साबुनसहित पुगेकी थिइन । तेस्रो बर्ष पोषिलो कोशेली लिएर घरदैलोमै पुगेकी थिइन । उनले भनिन्, ‘सधैँ सरकारले दिन सम्भब हुँदै र सकिँदैन पनि । महिलाले अब आफैँ पोषिलो आहार बनाउनु पर्छ । स्थानीयस्तरमा उत्पादन हुने खानेकुरा खाएर आमा र बच्चाको पोषण अवस्था सुधारमा लाग्नु पर्छ भन्ने हेतुले पोषण सन्देश दिन गाउँगाउँमा पुगेका छौँ ।’

स्थानीयस्तरमा उत्पादित वस्तुको जाउलो बनाएर प्रयोग गर्न समेत सुझाइएको छ । उपाध्यक्ष बुढाले भनिन्, ‘सधैं बाँडेर दिएर सम्भव हुँदैन । अब पोषिलो खानेकुरा खुवाउने सन्देश छर्नुपर्ने अवस्था आयो । त्यही सन्देश बोकेर गाउँगाउँमा पुग्ने गरेका छौँ ।’

पोषण सन्देश छर्ने कार्यक्रम तिला गाउँपालिका–१ रारागाउँदेखि सुरु भएको थियो । तिला–६ घोडेगाउँमा पुगेर सकिँदैन । पोषण सन्देशसँगै सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने, नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउन हरेक आमा तयार हुनु आग्रह गरिएको छ ।

तिलाका १ देखि ९ वडासम्मका दुई सय ५० जना गर्भवती रहेको पोषण सहजकर्ता जसुकला रावतले बताइन । उनले भनिन्, ‘एक हजार एक सय ४४ जना सुनौलो हजार दिन भित्रका आमा छन् ।’ उनीहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर पोषणको महत्व बारे सहजीकरण गरिएको रावतले बताइन ।

स्थानीय उत्पादन जोड दिन सुझाव
स्वास्थ्यचौकी जुम्लाकोटका इन्चार्ज तथा स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमाले पोषणको महत्वका बारे निकै संवेदनशील हुनुपर्ने बताए । ८० प्रतिशत दिमागको विकास दुई बर्षभित्र हुन्छ । यो बेला पोषिलो आहारको आवश्यक पर्छ ।

‘स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दियौं । आमा र बच्चा सुपोषित हुनुपर्छ । कुपोषणको चक्र तोड्नु पर्छ । अनि मात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर बन्छ ।’ उनले बताइन ।

तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन् । न्युज कारखाना

वि.सं.२०७८ फागुन ८ आइतवार १३:२३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...