back
NMB ad

सहकारीको व्याजदर बढाउन माग गर्दै विभागमा धर्ना

Kumari bank ad

काठमाडौ । सहकारीको सन्दर्भ ब्याजदर बढाउन दवाव दिदै सहकारी अभियानका नेताहरु सहकारी विभागमा धर्ना बसेका छन् । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा उपत्यकाका सहकारीकर्मीले सहकारी विभाग नयाँ बानेश्वरमा धर्ना दिएका हुन् । तर अभियानले भने यसलाई शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

सन्दर्भ ब्याजदर निर्धारण समितिको मंगलबार दिउँसो १ बजेदेखि बैठक सुरु भएको छ । सहकारीकर्मीहरुले ११ बजेदेखि विभाग परिसरमा व्याजदर बढाउन माग गर्दै धर्ना दिइरहेका छन् ।
मंगलबार नै सन्दर्भ ब्याजदर निर्धारण नभए महासंघको अगुवाइमा बढाएर ब्याजदर तोक्ने चेतावनी समेत दिएका छन् । लामो समयदेखि सन्दर्भ ब्याजदर समितिको बैठक बसेपनि ब्याजदर हेरफेर हुन सकेको छैन ।

बाणिज्य बैंकहरुले निक्षेपममा नै ११ प्रतिशतभन्दा बढी ब्याज दिन थालेपछि सहकारीकर्मीहरुले सहकारीको सन्दर्भ ब्याजदर बढाउन लबिङ गर्दै आइरहेका हुन् । तर सरकारले यसप्रति वेवास्ता गरेको जिल्ला सहकारी संघ काठामाडौका अध्यक्ष ज्ञावबहादुर तामाङले बताए ।

यसअघि महासंघको अगुवाइमा नेताहरुले भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर व्याजदर बढाउन माग गरेका थिए । तर उनीहरु यसविषयमा सकारात्मक नभएपछि नेताहरुले मंगलबार विभागमा धर्ना दिएका हुन् । सहकारीको सन्दर्भ ब्याज १४.७५ बाट नबढे सहकारी टिक्न नसक्ने भन्दै कम्तिमा पनि १७ प्रतिशत पुर्याउन महासंघले लबिङ गर्दै आएको छ ।

वि.सं.२०७८ फागुन १० मंगलवार १४:२६ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...