काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश विरणमा बीमा समितिले रोक लगाउने भएको छ ।
समितिका अनुसार कम्पनीले सार्वजनिक गरेको वित्तीय सुचांक र कम्पनीको वास्तविक वित्तीय अवस्था फरक–फरक भएपछि लाभांश वितरणमा रोक लगाउने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ सम्मको सञ्चित मुनाफाबाट १४ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने घोषणा थियो ।
तर, कम्पनीको आन्तरिक व्यवस्थापन र वास्तविक वित्तीय सुचांकको आधारमा सोही लाभांश पर्याप्त नभएको आशंकामा समितिले लाभांश स्वीकृत नगरेको हो । यद्यपी अझै पनि यो समितिमा छलफलमै रहेको छ ।
बीमा समितिले कम्पनीहरूलाई फ्युचर बोनस प्रोभिजन गर्न निर्देशन दिईसकेको छ । गत आवमै ५ वर्षभित्र शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो । सोही अनुसार कम्पनीले फ्यूचर बोनस प्रोभिजन गर्दा वितरणयोग्य नाफा नै घट्ने भएकाले लाभांश वितरण रोक्ने तयारी हो ।
साथै कम्पनीलाई लाभांश वितरण गर्न भन्दा वास्तविक वित्तीय अवस्था पत्ता लगाएर सोही अनुसार कम्पनी बलियो बनाउन समितिले आग्रह गरेको छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार १६:५० मा प्रकाशित