काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बुधवार मितेरी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको १९ लाख २४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त दिन मितेरी डेभलपमेन्ट बैंकको १० लाख ६० हजार ५११.३३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले १३.३० प्रतिशत बोनस बापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
यस्तै, नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको ८ लाख ६४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले १० प्रतिशत बोनस बापतको उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
यी दुवै कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७८ फागुन ११ बुधवार १६:५६ मा प्रकाशित