back
NMB ad

सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

Kumari bank ad

काठमाडौँ । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित संस्थाको कार्यालयमा उक्त सम्झौता गरेका हुन् ।

सोही सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मानको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष ओलीले बीमाको कार्यान्वयन र सुशासन कायम गर्ने सन्दर्भमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

बीमा व्यवसायको दिगो विकासका लागि सहकार्य गर्ने, बीमा कम्पनीका वित्तीय गतिविधिहरूलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाईंसंस्थागत सुशासन कायम गर्ने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने उद्देश्यले समिति र संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा बीमा कम्पनीहरूमा ल्ँच्क् को कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यससम्बन्धी प्राविधिक परामर्श आदान प्रदान गर्ने, बीमा कम्पनीका वित्तीय विवरण तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषणका सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बीमा कम्पनीका लेखापरीक्षणको राय तथा त्यसले पार्न सक्ने असरको विश्लेषण गर्न सहकार्य गर्ने उल्लेख छ ।

यसैगरी, बीमा कम्पनी र कम्पनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाका सदस्यहरूलाई समिति वा संस्थाले गरेको कारवाहीका बारेमा एकआपसमा जानकारी गराई यस सम्बन्धमा आवश्यक सहकार्य गर्ने तथा संस्था र समितिबाट जारी भएका विभिन्न निर्देशिकाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

त्यस अवसरमा बीमा समितिका कार्यकारी दिर्नेशक राजुरमण पौडेल र निर्देशकद्वय पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष भाष्करसिंह लाला तथा कार्यकारी निर्देशक सञ्जय सिन्हा उपस्थित थिए । ।

वि.सं.२०७८ फागुन ११ बुधवार १७:२५ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...