back
NMB ad

विद्युतीय सवारीमा देखिएन क्रेज: एक महिनामा थप ८८ वटा मात्रै कार, जीप र भ्यान आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा करिब साढे तीन अर्बको विद्युतीय सवारी आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजजिनक गरेको तथ्याङ्क अनुसार चालु आवको माघ मसान्तसम्ममा ३ अर्ब ४९ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो ।

उक्त अवधिमा विभिन्न तौल क्षमताका १ हजार १०१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । यी मध्ये १०० किलोवाट तौल क्षमतादेखि ३०० किलोवाटसम्मका रहेका छन् । विद्युतीय सवारी आयातबाट सरकारले ९६ करोड ७७ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

एक महिनाको अवधिमा अर्थात चालु आवको पुस मसान्तको तुलनामा भने विद्युतीय सवारी आयात ७.८४ प्रतिशत (२५ करोड ४५ लाख ५३ हजार रुपैयाँ) ले बढी हो । चालु आवको पुस मसान्तसम्म नेपालमा ३ अर्ब २४ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको थियो ।

माघ महिनासम्म नेपालमा सबैभन्दा बढी चीनबाट मात्रै २ अर्ब २१ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको ७४६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ । जसमध्ये १०० किलोवाट क्षमताका ९० वटा र १५० देखि २०० किलोवाट क्षमताका ६५६ वटा विद्युतीय कार, जीप र भ्यान रहेका छन् ।

यस्तै, भारतबाट ७७ करोड ४० लाख ४५ हजार रुपैयाँ बराबरको २०९ वटा, कोरियाबाट ३३ करोड ७० लाख ६६ बराबरको ९२ वटा र जापानबाट १० करोड ८८ लाख २ हजार रुपैयाँ २८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको छ ।

त्यसैगरि उक्त अवधिमा अमेरिकाबाट ६ करोड २४ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न तौल क्षमताका १५ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ भने फ्रान्सबाट ३४ लाख ६२ हजार रुपैयाँ बराबरको १ वटा आयात भएको छ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:४७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...