
काठमाडौं । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । एशोसियसनका १४औँ साधारण सभा अध्यक्ष पदमा श्रेष्ठलाई चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोज विक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल रहनुभएको छ ।
यस्तै, समितिको सदस्यमा ओम प्रकाश शर्मा, रवी अग्रवाल, दिव्य राज घिमिरे, निसार अहमद्, राजेश कुमार भगत, शैलेन्द्र कुमार साह, मनोज कुमार चौधरी र गंगा प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
एशोसियसनको साधारण सभामा नाडाका केन्द्रीय अध्यक्ष धु्रव बहादुर थापाले उद्घाटन गर्नु भएको थियो ।
सभामा मोरंग व्यापार संघका उपाध्यक्ष अनिल कुमार साह, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षकले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
सभामा जिल्ला ट्राफिक कार्यालयका दुई जना जवान चन्द्रकला विष्ट र रोशन कुमार चौधरी र अटो पत्रकार एवं आवर विराटनगर डट नेटका सञ्चारकर्मी राकेश कर्णलाई प्रमाण पत्र र नगद राशी सहित सम्मान गरिएको थियो ।
वि.सं.२०७८ फागुन १५ आइतवार ११:३६ मा प्रकाशित