back

रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धारका लागि खड्काको नेतृत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं । युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारको लागि सरकार र एनआरएनएबीच उच्चस्तरीय संयन्त्र गठन भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा भएको अन्तरक्रियामा युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार र सहयोगको लागि जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा “रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति“ गठन भएको हो ।

विगत केही दिनदेखि जारी रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार एवं सहयोगको सम्भावनाबारे छलफल गर्न शनिवार भर्चुअल माध्यमबाट एक अन्तरक्रिया सम्पन्न भएको थियो । सोही छलफले खड्काको अध्यक्षतामा समिति गठन भएको हो ।

गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी –रुस) रहेका छन्। यस्तै सो समितिको सदस्य सचिवमा डा. चिरन्जिवी खड्का –चेक रिपब्लिका), सदस्यहरुमा जीवन केसी –पोल्याण्ड), हरि बहादुर मल्ल –युक्रेन), शिव कुमार भुर्तेल –रुस), जया प्रसाद शिवाकोटी –स्लोभाकिया), नवराज पोखरेल –रोमानिया), सुरेन्द्र श्रेष्ठ –हङगेरी), यदुराम पन्थी –चेक रिपब्लिका), मिलन पन्त –जर्मनी), र प्रेस संयोजकमा चिरन शर्मा –यूके) रहेका छन् ।

यस्तै द्वन्द्व पिडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा.बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ । अन्तरक्रियामा बोल्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपालीहरु दुतावासको सम्पर्कमा आएको जानकारी दिए ।

उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थाहरुसँग समन्वय गरिरहेको जानकारी दिए । गैरआवासीय नेपाली संघ –एनआरएनए) का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गर्नुभएको छ । अध्यक्ष पन्तले भने, अप्ठ्यारो पर्दा ‘एनआरएनएले नेपालीलाई आपत पर्दा जहाँ पनि सहयोग गर्छ कसैले अभिभावकविहिन हुनु पर्दैन। हामी सहयोगका लागि तयार छौँ ।“

 

संघले विपत परेको बेला संसारका धेरै देशबाट नेपालीको उद्धार गरेको स्मरण गर्दै पन्तले भने, ’अप्ठेरो परेको बेला हामीले धेरै देशबाट नेपालीको उद्धार गर्दै आएका छौँ । युक्रेनमा रहेका नेपालीलाई पनि सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।’

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ –एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले द्वन्द्वग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताए । उनले सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयंसेवक परिचालन गरिसकिएको जानकारी दिए ।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डाकेसीलाई एनआरएनएले युक्रेनको लागि समन्वयको जिम्मेवारी दिइएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीहरुको अवस्थाको बारे जानकारी दिए ।
कार्यक्रममा विजया पाण्डे, जीवन केसी, सुरेन्द्र श्रेष्ठ, जया शिवाकोटी, नवराज पोखेरेल, आश्विन कुमार श्रेष्ठ, खगेन्द्र अधिकारी लगायतले आ–आफ्नो अनुभव सुनाएका थिए ।

अन्तरक्रियामा सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानिय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरेको छ ।

युक्रेनको द्वन्द्व प्रभावित नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र स्लोभागिकयाको सीमामार्फत उद्घार थालिएको छ। हाल सम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग ४ सय जना नेपालीहरु सम्पर्कमा आएका छन् ।

वि.सं.२०७८ फागुन १५ आइतवार ११:४३ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...