back

पर्यटन क्षेत्रको संस्था यूनिट्राभमा नयाँ नेतृत्व, अध्यक्षमा सुमन पराजुली चयन

काठमाडौं । सबै पर्यटन क्षेत्रका श्रमिकहरुको संस्था नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गाे, कुरीयर श्रमिक यूनियन (यूनिट्राभ) को नयाँ नेतृत्व चयन भएको छ ।

दिगो पर्यटन रोजगारी र समृद्धिको आधार, सामाजिक सुरक्षा श्रमिकको मौलिक अधिकार भन्ने मुल नाराका साथ काठमाडौंमा सम्पन्न यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनले सुमनप्रसाद पराजुलीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा हिमालकुमार उप्रेती, तुलसीप्रसाद सुवेदी र फुडोमा शेर्पा, महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा खिलानाथ दाहाल, सचिवहरुमा मदन सापकोटा, भीमबहादुर तामाङ, दिनेश कार्की र निरमा राई चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा ललिता अधिकारी, रामचन्द्र अधिकारी, दावा तामाङ, उमा भट्टराई, ब्रम्हदेव गिरी, पेम्बाधार्के शेर्पा, मिलनकुमार तामाङ, फूर्वाकी शेर्पा, मिग्मा ग्लावा शेर्पा, रामकृष्ण अर्याल, गणेशबहादुर साउद, मानबहादुर तामांङ, हितमान भुजेल चयन भएका छन् ।

अधिवेशनले अमर तामाङलाई प्रतिनिधिपरिषद् प्रमुख र छिरिंग शेर्पालाई प्रतिनिधिपरिषद् उपप्रमुख चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव जनक चौधरीले पद तथा गोपनियताको सपथ गराउनुभयो ।

अधिवेशनले कोभिडका कारण पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजगारीको प्रत्याभूमिसहित श्रमिक निष्काशन कार्य बन्द गर्न, सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावलीमा उल्लेखित व्यवस्था बमोजिम सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षामा सूचिकृत गर्न, सम्पूर्ण श्रमिकको स्थानीय निकायबाट पंजीकरण गर्न, पदयात्रामा कार्यरत श्रमिकलाई भैपरी आउने विभेद, कठिनाई, समस्या, सिण्डिकेट, हटाउन तथा इजाजतपत्र नविकरणमा सहजीकरणका साथै लाइसेन्स नविकरण शुल्क मिनाहा गर्न र ट्रेकिङ, ट्राभल्स, एयरलाइन्समा कार्यरत महिला श्रमिकलाई श्रम ऐन नियमावलीमा रात्रिकालिन सुरक्षा यातायातको व्यवस्था गर्न र बिदा लागू गर्न सरोकार पक्षसँग माग गर्दै पाँच सुत्रिय समसामयिक प्रस्ताव पारित गरेको छ ।

नवनिर्वाचित भएपछि अध्यक्ष सुमनप्रसाद पराजुलीले कानुनसम्मत ढंगले पर्यटन क्षेत्रका सम्पूर्ण श्रमिकबीच भएको विभेद अन्त्य गराउन र नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई माथि उठाउन नयाँ कार्यसमिति लागि पर्ने बताउनुभयो ।

वि.सं.२०७८ फागुन १५ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

नयाँ बर्षमा आइमा स्कुटरमा २५ हजार नगद छुट, अरु पनि छन् थप अफरहरु

नयाँ बर्षमा आइमा स्कुटरमा २५ हजार नगद छुट, अरु पनि छन् थप अफरहरु

वि.सं.२०७९ चैत १५ बुधवार १८:५१

काठमाडौं । नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो...

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

वि.सं.२०७९ चैत १५ बुधवार १५:३०

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको...