
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ४३ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका इच्छुक हाल कायम संस्थापकहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।
संस्थापकहरुले आजैका मितिले ३५ दिनभित्र आवश्यक कायजात संलग्न गरि केन्द्रीय कार्यालय गोरखामा निवेदन पेश गर्नुपर्नेछ । के कति सेयर खरिद गर्ने हो सोको विवरण खुलाई निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
तोकिएको समयभित्र कम्पनीका संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने सक्ने सूचनामा उल्लेख छ।
वि.सं.२०७८ फागुन १५ आइतवार १२:०१ मा प्रकाशित