काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य १.२३ प्रतिशतले घटेको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ६४१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ४१ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ६ हजार ५९१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
यस्तै, साताको पहिलो कारोबार दिन सानिमा लाइफको सेयर मूल्यमा पनि झिनो गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य शून्य दशमलव ८५ प्रतिशतले घटेको हो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ रुपैयाँ ६० पैसाले घटेर ५४० रुपैयाँ ४० पैसा कायम भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज कम्पनीको ५२ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ९ हजार ६९७ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ फागुन १५ आइतवार १५:४८ मा प्रकाशित