काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख २४ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एशियन डिष्ट्रिब्यूटर्सको नाममा रहेको ७८ हजार ८६३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बताइएको छ । उक्त सेयर खरिद गर्न इच्छुक योग्य बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् ।
विद्यमान संस्थापकहरुले आजैका मितिले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल, बैंकको रजिष्ट्रर्ड कार्यालयमा आईपुग्ने दिन निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको म्याभित्र संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बताइएको छ ।
वि.सं.२०७८ फागुन १७ मंगलवार ११:२० मा प्रकाशित