काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
बुधवार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधवार भने तेजावी सुन ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । उक्त दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार ३८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने १ हजार ३७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ फागुन १९ बिहीवार ११:१८ मा प्रकाशित