back
NMB ad

भोली देखि एक रुपैयाँको सिक्का बजारमा आउँदै, कस्तो छ नयाँ डिजाईन

Kumari bank ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोली (फागुन २५ गते) देखि एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागेको छ । राष्ट्र बैंकका अनुसार हाल चलन चल्तिमै रहेको सिक्काको आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको नयाँ सिक्का प्रचलनमा ल्याउन लागिएको हो ।

भोलीदेखि प्रचलनमा आउने सिक्काको विशेषताहरु
(क) सिक्काको अग्र भागमाः
–सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको ।

–चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ।

–सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re.One र तल्लो भागमा देवनागरी
लिपिमा १ रुपैयाँ लेखिएको

–नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श
गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको ।

(ख) सिक्काको पछाडीको भागमाः
–सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको ।
–आठ थोप्ला सहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी
चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो
आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको ।
–सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७
लेखिएको ।

वि.सं.२०७८ फागुन २४ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...