back
NMB ad

दुई कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण, आज कुनको कति कित्ता बिक्री भयो त ?

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३०.२९ अंकले घटेको हो ।

आज बजार परिसुचक २५१४.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूहहरु राताम्मे बनेका छन् ।

आज कारोबार रकममा पनि गिरावट देखिएको छ । उक्त दिन २ अर्ब ३५ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

आज नेपाल टेलिकम र एनआईसी एशिया बैंकको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज नेपाल टेलिकमको १० करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कम्पनीको ६२ हजार ८९७ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १ हजार ६८० रुपैयाँ रहेको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको १० करोड ४८ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बैंकको आज १ लाख ३८ हजार ७७६ कित्ता सेयर खरिदबिक्री भएको हो । बैंकको सेयर मूल्य भने प्रतिकित्ता ७६० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ फागुन २५ बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...