काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्काशन गर्नका लागि स्वीकृत पाएको छ ।
बैंकलाई ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको हो । बैंकले फागुन २३ गते बोर्डबाट अनुमति पाएको हो ।
बैंकले १० वर्ष अवधिको ’१०% प्राइम डिबेञ्चर, २०८८’ को नाममा २ अर्ब ५० करोड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो ।
निष्कासन गरिने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ ।
बैंकको ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
वि.सं.२०७८ फागुन २६ बिहीवार ११:४५ मा प्रकाशित