back
NMB ad

राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत: यस्तो छ ओपन रेञ्जको संकेत, कारोबार कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।बिहीवार कम्पनीको २६ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

अब कम्पनीको आईपीओ आउँदो आइतबार अर्थात फागुन २९ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि नेप्सेबाट १६७ रुपैयाँ ४३ पैसादेखि ५०२ रुपैयाँ २९ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आईपीओ जारी पश्चात उसले पाउने ओपनिङ रेन्च कम्पनीको पछिल्लो प्रति सेयर नेटवर्थको आधारमा तय गरिन्छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक नेटवर्थ १६७ रुपैयाँ ४३ पैसा रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त रेञ्ज पाउनेछ ।

लघुवित्तको आइपीओको फागुन १२ गते बिहीबार बाँडफाँड भएको छ । आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको थियो ।

जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली भएको छ ।

कम्पनीको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका थिए । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । यसमा मागभन्दा ३८.४२ गुणा बढी आवेदन परेको थियो ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

वि.सं.२०७८ फागुन २६ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...