back
NMB ad

रसुवागढी नाकाबाट आयात बढाउन चीन-नेपाल सहमत

Kumari bank ad

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो ।

भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात बढाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउने उनले बताए । अहिले नाकाबाट दैनिक नौ वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ ।

कोभिड–१९ को प्रभाव चीन र नेपाल लगायत विश्वभर नै न्यून हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले नाका कोभिड पूर्वको अवस्थामा नै सञ्चालन गर्ने विषयमा छलफल गरिएको उनले बताए ।

नेपाली पक्षले नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो । यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ ।

बैठकमा केरुङमा व्यापार व्यावसाय गर्दै आएका नेपालीहरू कोभिडका कारण केरुङ फर्किन नपाएका र अहिलेसम्म पनि घरभाडा तिर्नुपरेकोले यसमा सहजीकरण गर्न, नेपालमा २५ हजार मेट्रिक टन रासायनिक मल आयात हुन बाँकी रहेकाले ग्रिन च्यानलमार्फत आयात हुने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा जिल्लाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको कामलाई तिव्रता दिन आग्रह गरिएको छ ।

चीन सरकारको अनुदानमा सुरु हुन लागेको स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु गर्न र सीमा नाकामा हुन सक्ने अवैध वस्तुको चोरी सिकारी पैठारी र अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ जैसीले बताए । नेपालको तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी र चीनको तर्फबाट ची लोङ काउन्टीका मेयर ता छोनले बैठकको नेतृत्व गरेका थिए ।

नेपाल पक्षको मागबमोजिम नाकाबाट सामग्रीको आयात बढाउनेबारे चीन तयार रहेको ची लोङ काउन्टीका मेयर छोनले जानकारी दिएको प्रजिअ जैसीले बताए । चिनियाँ अधिकारीले सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न, कोभिड–१९ को नियन्त्रण एवम रोकथाममा सहयोग गर्न, सीमा क्षेत्रमा हुने वन डडेलो नियन्त्रण गर्नका लागि विशेष पहल गर्न आग्रह गरेका थिए ।

विश्वव्यापी फैलिएको कोभिड १९ का कारण १५ माघ २०७६ देखि २२ जेठ २०७७ सम्म रसुवागढी नाका बन्द भएको थियो । त्यसयता चीनले एकतर्फी नाका संचालन गरेको छ ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १२:४६ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...