काठमाडौं । सामलिङ्ग पावर कम्पनीले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो चैत २१ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । सोही दिन हुने सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
यसका साथै सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।
वि.सं.२०७८ फागुन ३० सोमवार ११:५० मा प्रकाशित