back
NMB ad

ब्याजदर बढाएपनि निक्षेप संकलनमा अपेक्षित वृद्धि नभएपछि वाणिज्य बैंकले गरे कर्जामा नियन्त्रण

Kumari bank ad

काठमाडौँ । वाणिज्य बैंकहरुले निक्षेप संकलनमा अपेक्षित वृद्धि नभएपछि कर्जा प्रवाहमा नियन्त्रण गरेको पाईएको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सार्वजनीक गरेको पछिल्लो एक हप्ताको तथ्यांकमा यस्तो देखिएको हो ।

फागुनको चौथो साता अर्थात २० गतेदेखि २७ गतेसम्ममा वाणिज्य बैंकहरुमा जम्मा २ अर्ब निक्षेप थपिएको छ कर्जा एक अर्बले घटेको छ ।

अघिल्ला हप्ता तथा विगका महिनाहरुमा निक्षेप नथपिएपनि कर्जा प्रवाहमा निरन्तरता दिईरहेका बैंहरुले यो साता भने निक्षेप थपिएपनि कर्जा घटाएको देखिएको हो ।

फागुन महिनाको पहिलो साता ३ अर्ब स्वेदशी मुद्राको निक्षेप बढेको बैंकिङ प्रणालीमा दोस्रो सातामा एक अर्ब र तेस्रो साता ११ अर्ब रुपैयाँ स्वेदशी निक्षेप थपिएको थियो। फागुन महिनाको २० गते देखि २७ गतेसम्ममा मात्र एक अर्ब रुपैयाँ स्वेदशी निक्षेप थपिएको हो । साथै यसअवधिमा विदेशी निक्षेप पनि दुई अर्ब थपिएको छ।

तर, सोही अवधिमा विदेशी मुद्राको कर्जा लगानी भने निरन्तर घट्दो क्रममा देखिएको छ । फागुन महिनाको पहिलो सातामा ९ अर्बले घटेको विदेशी मुद्राको कर्जा दोस्रो सातामा पनि ९ अर्ब तथा तेस्रो साता ७ अर्बले घटेको थियो । फागुन महिनाको २० देखि २७ गतेसम्ममा विदेशी मुद्राको कर्जा ५ अर्बले घटेको छ ।

नेपाल राष्ट्र बैंकले विलासीताका बस्तुहरुको आयातमा गरेको कडाईका कारण आयातका लागि बुक गरिएका कर्जाहरु रद्द भएपछि कर्जा घटेको हो । त्यतीमात्र नभई आयातका लागि पनि विदेशी मुद्रा भन्दा पनि स्वदेशी मुद्रामा नै टिआर लोन जारी गर्न थालेकाले पनि विदेशी मुद्राको कर्जा घट्दो क्रममा देखिएको हो ।

चालु आर्थिक वर्षको फागुन महिनामा स्वदेशी र विदेशी मुद्राको कुल निक्षेप १५ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी सो अवधिमा १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको फागुन २७ गतेसम्ममा बैंकहरुमा कुल निक्षेप ४३ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ भने ४१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

वि.सं.२०७८ फागुन ३० सोमवार १६:१७ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...