back
NMB ad

बजाज पाँचको पन्च योजना : अब २–३ चोटी हैन ५ चोटी जित्ने मौका, १० लाखसम्म बम्पर पुरस्कार

Kumari bank ad

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लािग एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले ग्राहकहरूका लागि नयाँ अफर योजना ल्याएको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने बजाज अटो मोटरसाइकलको आधिकारिक बिक्रेता रहेको कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘बजाज पाँचको पन्च’नामक ग्राहक योजना ल्याएको हो ।

यसअन्तर्गत ग्राहकहरूलाई पाँचपटक जित्ने मौका दिने बताइएको छ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाइक किन्ने बेलामा १ हजार रुपैयाँको छुट पाउनका लागि योग्य भईने कम्पनीले जनाएमको छ ।

यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाइक रोजेपछि ५० हजार रुपैयाँसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाइक किन्ने बेलामा प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यसपछि बाइक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने १ लाख रुपैयाँसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ ।

यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिनेछ ।

साथै बम्पर पुरस्कार स्वरुप १० लाखसम्म जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले सो योजनालाई ‘बजाज पाँचको पन्च’भनेर नामाकरण गरिएको हो ।

वि.सं.२०७८ चैत २ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...