back
NMB ad

८ महिनामा एक चौँथाई पनि भएन पुँजीगत खर्च

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको लागि छुट्याएको बजेट आठ महिना बितिसक्दा  कुल ४० प्रतिशतको हाराहारीमा खर्च भएको छ ।

महालेख नियन्त्रण कार्यालयको तथ्यांक अनुसार संघीय सरकारको बजेट अवस्था यस्तो देखिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ खर्च गर्ने लक्ष्यमा ८ महिनाको अवधिमा ६ खर्ब ७७ अर्ब ७६ करोड रुपैयाँ मात्र खर्च गरेको हो । जुन कुल बजेटको ४१.५१ प्रतिशत हो ।

महालेखा नियन्त्रकका अनुसार विकास निर्माणको लागि गरिने खर्च भनेर चिनीने पुजीँगत खर्चको अवस्था एकदम दयनिय देखिन्छ । चालु आर्थिक वर्षको आठ महिना वित्दा पनि पुजीँगत खर्च एक चौथाई हुन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत बजेटका लागि ३ खर्ब ७८ अर्ब बढी रकम विनियोजन गरेको थियो ।

उक्त रकममध्ये हालसम्म चैत २ गतेसम्म आउँदा ७८ अर्ब ३६ करोड ७२ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको हो । यो कुल बजेटको ३०.७३ प्रतिशत मात्रै हो ।

त्यस्तै चालु खर्च मात्रै ५०.६६ भएको छ । चालु शीर्षकमा १० खर्ब ६५ अर्ब २९ करोड रुपैयाँ बराबर विनियोजन भएकामा हालसम्म ५ खर्ब ३९ अर्ब ६८ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वित्तीय व्यवस्थातर्फ कुल विनियोजित बजेटको ३१.५२ प्रतिशत बजेट खर्च भएको छ । यस शीर्षकमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बराबर विनियोजन भएकामा ५९ अर्ब ७१ करोड ४५ लाख रुपैयाँ बराबर खर्च भएको देखिएको छ ।

त्यस्तै सरकार राजस्व संकलनमा भने खर्चमा भन्दा अगाडी नै छ । चालु आर्थिक वर्षका लागि ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ बराबरको राजश्व संकलनको लक्ष्य राखेकोमा हालसम्म ६ खर्ब ८८ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । जुन लक्ष्यको ५८.३१ प्रतिशत हो ।

आठ महिनाको अवधिमा सरकारले संकलन गरेको राजश्वमध्ये कर राजश्व तर्फ ६ खर्ब ३१ अर्ब ५२ करोड, गैर कर राजश्वतर्फ ५६ अर्ब ८६ करोड ४८ लाख र अनुदानतर्फ १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

वि.सं.२०७८ चैत २ बुधवार १४:१३ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...