back
NMB ad

गुँरास लाइफ एन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तालिम सम्पन्न

Kumari bank ad

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा सम्मान कार्यक्रम सम्पन्न भएके छ । सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा यही फागुन २२ गतेका दिन देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको संलग्नतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख बोध लाल पुरीबाट भई स्वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख बाबुराम पौडेलले दिनु भयो । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कंडेल ज्यूले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसायलाई कसरी सवल बनाई बीमा क्षेत्रमा योगदान गर्न सकिन्छ भनी प्रशिक्षण दिनुभयो ।

साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गर्नुभयो । उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम,उत्प्रेरक सुदिप वस्नेतले प्रदान गर्नुभयो ।

वि.सं.२०७८ चैत २ बुधवार १५:५४ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...