back
NMB ad

नव आदर्श माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत काठमाडौं बसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिपराज बरालले स्कुलका विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो।कार्यक्रममा बैंका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जितबहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुराज श्रेष्ठ, सह- प्रध्यानाध्यापकद्वय बैकुण्ठ पौडेल र श्रीकृष्ण प्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

नव आदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग रआर्थिक अवस्था कमजोर भएका करिब ३०० जना विद्यार्थीहरुलाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ।बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आधारभूत आवश्यकता पुरा गरि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको हो।

ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

वि.सं.२०७८ चैत ४ शुक्रवार १६:०२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...