काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।
यी दुवै कम्पनीहरु एकआपसमा गाभिएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हो ।
एक सूचना निकाल्दै एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएसँगै आगामी चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको जनाएको छ ।
दुवै कम्पनीको गत पुस १६ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
यी दुई कम्पनी १ बराबर १ सेयर आदानप्रदान गर्ने गरी मर्जरमा गएका हुन् । अब कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका–१३, साँगामा रहने छ ।
वि.सं.२०७८ चैत ६ आइतवार ११:१५ मा प्रकाशित