back
Mega Long Ad

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ्गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ ।

बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिनुभयो । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखालाई पत्र पठाएको छ ।

तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ । चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ । केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताउनुभयो ।

वि.सं.२०७८ चैत ७ सोमवार ११:२२ मा प्रकाशित

You can share this post!

prabhu bank
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, अब कुनको रुटको कति ? (सूचीसहित)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:४३

काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि वृद्धि भएको छ ।...

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०७९ जेठ १० मंगलवार १८:२२

काठमाडौं । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति...

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

सरकारले गैरआवासीय नेपाली संघलाई डिजिटल परिचय पत्र वितरण गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:१३

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल परिचय...

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

अब एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभिने

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५

काठमाडौं । सरकारले एकै प्रकृतिका काम गर्ने सरकारी निकाय गाभ्दै...

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

हरेक प्रदेशमा दुई वटा सरकारी मेडिकल कलेज सञ्चालन गर्ने

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५९

काठमाडौं । सरकारले हरेक प्रदेशमा  ईवटा सरकारी मेडिकल कलेज सञ्चालन...

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

एन आई सी एशिया बैंकद्वारा सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

वि.सं.२०७९ जेठ १० मंगलवार १७:५८

काठमाडौं । एन आई सी एशिया बैंकले सन्तोष कुमार राठीलाई...