काठमाडौं । हकप्रद सेयर निष्काशनका लागि नेपाल फाइनान्सले स्वीकृत भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको हो ।
कम्पनीले ७० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि चैत ८ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
उक्त हकप्रद सेयर निष्काशनका लागि कम्पनीले गत कात्तिक १ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको हकप्रद सेयर निकाष्शन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार १२:१५ मा प्रकाशित