back
NMB ad

छुट्ला है यी दुवै कम्पनीको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज अर्थात चैत १० गते बिहीवार दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

बिहीवार जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका हो ।

यी दुवै कम्पनीहरुले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १२ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जसका कारण बिहीवारसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

जीवन विकास लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १२ गते देखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि बिहीवारसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मुनाफबाट सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले आउँदो चैत २५ गते साधारण सभा बोलाएको छ ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनीले पनि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

जसका आधारमा बिहीबारसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा डाकेको छ ।

वि.सं.२०७८ चैत १० बिहीवार १०:३४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...