काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी विजय बावु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक आजदेखि बिक्री ल्याएको हो ।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र दिनुपर्नेछ ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कर्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको उक्त अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुलाई बिक्री प्रक्रिया अघि बढाईन बैंकले जनाएको छ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १०:३८ मा प्रकाशित