back
NMB ad

मुलुकमा बढ्दो व्यापार घाटा : श्रीलंकाजस्तो आर्थिक अभाव नेपालले खेप्न नपरोस् !

Kumari bank ad

अनुसा थापा, भक्तपुर  

 पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरुमा तरलताको अभाव भएको प्रष्टै देखिन्छ । यति बेला वित्तीय कम्पनीहरु थोरै रकम दिनसक्ने स्थितिमा छैनन् ।

यता, सर्वसाधारणहरु आफुलाई पैसाको खाँचो परेर बैंक पुगेभने पनि उनीहरुले आफुलाई चाहिएको जति रकम पाउदैनन् । आफुसंग भएको पैसाको सुरक्षा हुन्छ, बचत हुन्छ, व्याज आउछ र खाँचो परेको बेला चलाउन पाइन्छ भन्ने मनशायले राखेको पैसा पाइदैन् ।

आफुले जम्मा गरेको रकम पाउन पनि निकै सकस परेको छ । आफ्नो खातामा पन्ध्र लाख छ, पाँच लाखको चेक लिएर जाँदा पनि बैंकले दिन सक्दैन् । एकलाख रुपैयाँ लिएर जानुस् भन्छन् । सहकारीले त एकलाखको चेक लादा २५ हजार दिएर पठाउछन् । पछिल्लो समय वित्तिय संस्थाका अध्यक्षहरु कार्यालयमा कमै मात्र भेटिन्छन् । अध्यक्ष आफ्नै घरमा भएपनि बाहिर गएको बहाना बनाउछन् कर्मचारी । चेक साट्न आउनेलाई झुल्याउनका लागि उनीहरुले चाहिदो नचाहिदो नानाथरीका कुरा गर्छन् । क्यास काउण्टरमा बस्ने कर्मचारीहरुले अध्यक्ष आएपछि कुरा गर्नुस् भन्छन् चेक साट्नबाट पन्छिन् । अहिले धेरै वित्तिय संस्थाहरुमा यो समस्या भएको पाइन्छ । चेक साट्न गएकाहरु रित्तो हात फर्किन बाध्य छन् ।

हिजो व्याज बढी दिन्छु भन्ने प्रलोभनमा पारेर आफ्नो संस्थामा ल्याएर बचत गर्न लगाए । अहिले अवधि पुगिसकेपनि निकाल्न जाँदा पैसा पाइदैन् । यता, सहकारीले बजार प्रतिनिधि राखेर बजारबाट दिनहु रकम उठाउने गरेका छन् । तर, सर्वसाधारणले सहकारीमा पनि पैसा राख्न छोडिसकेका छन् । जसले सहकारीमा पुगेर सत्यतथ्य पत्ता लगाइसकेको छ उसले थप पैसा राख्न छोडेको छ । बरु, आफ्नो रकम कसरी निकाल्ने यसको खोजीमा लागिपरेका छन् । जसलाई सहकारीको भएको आर्थिक अभावबारे ज्ञान छैन् उसले थप रकम राखिरहेको छ । सहकारीहरु जतिबेला पनि डुब्नसक्ने स्थितिमा आइसकेका छन् । सर्वसाधारणसहित व्यापारीहरुले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । जसले गर्दा कतिपय सहकारीहरु व्याजदरको दायरा बढाएका छन् । सहकारीहरुले १७ देखि १८ प्रतिशतसम्म व्याजदर दिने भनेर बजारमा प्रतिनिधि खटाइरहेका छन् । यता, निजी बैंकहरुले भने १३ देखि १४ प्रतिशत व्याज दिने भनेको विषयमा सर्वसाधारणहरु छलफल गरिरहेको भेटिन्छन् । तर, व्याजको प्रलोभनमा पर्दा कतिखेर करोडपतिबाट रोडपति भन्ने यसको ठेगान छैन् । कतिले व्याजको लोभमा परेर आफ्नो घरजग्गा बेचेर बैंकमा पैसा राखेका छन् ।

कर्जाको आशमा परेर धेरै मानिसले सहकारीमा दिनहु पैसा जम्मा गर्छन् । आपतविपत पर्दा पनि बैंक तथा सहकारीबाट पैसा पाउने स्थिति छैन् । बरु, आफुसंग भएको गरगहना माडाका लगेर मँहगो व्याजमा चलाउनुपर्ने बाध्यता छ । बैकफाइनेन्सहरुले केलाई जनताको पैसा फिर्ता नगरेको ? हिजो विभिन्न प्रलोभनमा पारेर पैसा असुल्ने । अहिले आपतविपत पर्दा पनि नदिने ? बैंकफाइनेन्सले चाहिएको बेला पैसा दिन नसक्दा उनीहरुबाट जनताको विश्वास उठेको छ । त्यसैले, अहिले बैंकफाइनेन्समा पैसा राख्नेको संख्या निकै नै न्युन छ । बरु, उनीहरुले आफुसंग भएको रकम आफ्नै घरमा राख्छन् । केही दिनअघि एउटा कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सर्वसाधारणले सिरानी र डस्नामुनि लुकाएर राखेर पैसा बजारमा ल्याउछु भनेका थिए । बैंकफाइनेन्समा पैसाको अभाव हुन थालेपछि अर्थमन्त्रीले सो प्रतिक्रिया दिएको हुन् । सर्वसाधारणले आफुसंग भएको पैसा घरमै राख्न थालेपछि बैंक, फाइनेन्स टाठ पल्टिएको छ भने अर्थतन्त्रलाई ठुलो धक्का पुगेको पाइन्छ ।

अर्थमन्त्रीले यति भन्नेबित्तिकै कतै पाँचसय र हजारको नोटमा प्रतिबन्ध त लगाउन लाएको होइन् भन्ने कुरा सर्वसाधारणहरुको मनमा पर्यो । तरलताको अभाव हुन थालेपछि अर्थमन्त्रीले पाँचसय र हजारको नोटमा प्रतिबन्ध लगाउन खोजेको देखिन्छ । सरकारले यो नियम लागु गर्दा भ्रष्ट्राचार गरेका, राजस्व छली गरेका यो सबै रकम बाहिर आँउछ । यता, तोकिएको समयमा पाँचसय र हजारको नोट नबुझाएको त्यो खोस्टा बन्छ । सरकारले यो निर्णय गर्न ढिलो भइसकेको छ । विपक्ष पार्टीका नेता केपी शर्मा ओलीले पनि अर्थतन्त्र टठ पल्टेको बताउछन् । देश संकटमा परेको कुरा उनले बारम्बार भनिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य राजनितिक दलको पनि उही सुझाव छ । प्रधानमन्त्री देउवाले व्यापार घाटा हुँदा अर्थतन्त्रलाई ठुलो धक्का पुगेको बताएका छन् । व्यापार घाटा हुँदा नेपालमा धेरै आर्थिक संकट हुने देखिन्छ । यता, उधोग व्यवसायीहरु पनि व्यापार व्यवसाय डुब्ने अवस्थामा पुगेको बताउछन् । नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समेत ठुलो आर्थिक संकट निम्तिने बताए । उनले एक कार्यक्रममा देशका व्यापार व्यवसाय सबै डुब्ने अवस्थामा आइसकेको बताएका थिए । साथै, ३५ वर्षसम्म यस्तो किसिमले अर्थतन्त्र टाठ पल्टिएको आजसम्म नदेखेको उनको भनाइ थियो ।

अबको एकवर्षको अवधिमा नेपाल पनि श्रीलंकाजस्तै हुने देखिन्छ । अहिले श्रीलंकामा कागज नपाएर विद्यार्थीको परीक्षा रोक्नुपर्ने बाध्यता आएको छ । त्यसैगरी, दिनभर कुरेर पेट्रोल भर्न त्यहाका नागरिकहरु लाइन बसिरहेको देखिन्छ । नेपाल पनि उही स्थानमा गनिन धेरै बेर नलाग्ने निश्चित देखिएको छ । मुलुकमा यसरी नै व्यापार घाटा हुने भने श्रीलंकासंगै दाजिनेछ ।

विगत एकडेढ वर्षदेखि अर्थतन्त्र धरासायी बनेको छ । तापनि सरकारले यसलाई ख्यालख्याल सोच्यो । बाहिरी मुलुकबाट आउने सबै सामानहरुमा प्रतिबन्ध लगाइदिएको भए, घरजग्गा, सेयर र निजी गाडीमा कर्जा बन्द गरिदिएको भए आज यस्तो स्थिति आउदैनथ्यो । घुस पाउने लोभमा गाडी, घरजग्गा र सेयरहरुलाई कर्जा दिने क्रम जारी नै छ । सेयर लगानीकर्तालाई रुनु न हास्नु भएको बेला पनि बैंक फाइनान्सले यस्तैमा कर्जा दिइरहेको छ । निजी प्लेटमा पनि उस्तै छ । एकसाताको अन्तरमा आधा मुल्य घट्छ । तापनि कसले किन्ने ? घरजग्गाको मुल्य पनि ह्वात्तै घटेको छ भने किनबेच हुने क्रम रोकिएको छ । घरजग्गा किन्नका एकदुई जना पनि भेटिदैनन् । बैंक फाइनानसहरुले कमिशन खाएर नचाहिदो काम गप्यो । यस्ता वस्तुमा लगानी गर्नुको साटो औधोगिक क्षेत्रमा लगानी गर्नुपथ्यो ।तर, अहिले खरिद गर्ने मान्छे नभएपछि बैंक तथा फाइनान्स त सखापै बन्ने स्थितिमा आइपुग्यो । उसले लगानी गरेको धितोको मुल्य घट्दै जान्छ, बैंकको व्याज बढ्दै जान्छ । अनि कसरी उठाउने ? बन्द हुन बाहेक अरु केही विकल्प नै छैन् । यो कुरा थाहा पाउनेजति पैसा निकाल्ने होडबाजीमा लागेका छन् भने पैसा राख्नेको संख्या शुन्यजस्तै बनेको छ ।

भारतमा आर्थिक तरलताको अभाव हुन थालेपछि त्यहाको सरकारले २०७३ कात्तिक २३ गते एउटा निर्णय गरेको थियो । भारतीय जनताले पैसा लुकाउन थालेपछि पाँचसय र हजारको भारतीय रुपैंयालाई प्रतिबन्ध लगाउने निष्कर्ष निकाल्यो । ५० दिनको अवधि दिएर भारतीय सरकारले आफुसंग भएको सम्पुर्ण रकम सरकारी बैंकमा लगेर राख्न लगायो । यो निर्णय गरेपछि त्यहाको जनताले आफुसंग भएको पाँचसय र हजारको नोट सरकारलाई बुझाए । त्यहाँको आर्थिक संकट समाधान भयो भने कालोधन सबै बाहिर निस्कियो । राज्यलाई राजस्व छलेर कमाएका, भ्रष्ट्राचार गरेका सबै रकम बाहिर आयो । अब नेपाल सरकारले पनि यही निर्णय कार्यान्वयनमा ल्याउनुपर्छ । भ्रष्ट्राचार गरेर, राजस्व छलेर लुकाएर राखेको पैसाजति सबै बाहिर आउछ । दुई महिनाको समय दिएर पाँचसय र हजारको नोट सरकारी बैंकमा लगाउन राख्ने वित्तिकै अर्थतन्त्र तङग्रिन्छ । यता, अहिले भएको तरलता अभाव पनि हल हुन्छ ।

सरकारले यो निर्णय लागु गर्न ढिलो भइसकेको छ । यो निर्णय गर्नमा सरकारले ढिलासुस्ती गर्ने हो भने अर्थतन्त्र अझै धरासायी बन्दै जान्छ । बैंक तथा फाइनान्समा भएको पैसा घरमा ल्याएर राख्ने क्रम बढ्छ । घरमा लुकाएर राखेर पैसा निकाल्ने एउटा मात्र उपाय बाँकी छ । घरघरमा आएर अर्थमन्त्री र राष्ट्र बैंकको गर्भनरले पैसा खोताल्ने कुरा भएन् । अर्थतन्त्रमा सुधार ल्याउने एउटै मात्र उपाय पाँचसय र हजारको नोटमा प्रतिबन्ध हो । अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर र प्रधानमन्त्री आटिलो भएर यो निर्णय गर्नुभयो ।

वि.सं.२०७८ चैत ११ शुक्रवार ११:४१ मा प्रकाशित

You can share this post!

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:१५

काठमाडौँ, ५ वैशाखः एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको...