back
NMB ad

एक सयमा पढाउने विद्यालय भवनको शिलान्यास

Kumari bank ad

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ ।

रु ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत रु एक लाख पाँच हजार पाँच सय र सांस्कृतिक कार्यक्रममार्फत रु २० लाख उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गर्नुभएको छ ।

विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि चार रोपनी जग्गा उपलब्ध गराएपछि विद्यालय भवन बन्ने पक्का भएको हो । यसअघि उक्त विद्यालय ललितपुर महानगरपालिका–१७ मा सञ्चालनमा थियो । पन्ध्र वर्षका लागि उपलब्ध गराइएको जमिनको सम्झौता सकिएपछि विद्यालय अर्को वडामा स्थानान्तरण गर्नुपरेको समता शिक्षा निकेतन गुठीका निर्देशक दीपक सञ्जेलले राससलाई जानकारी दिनुभयो ।

नयाँ निर्माण हुने विद्यालय भवनको आज महालक्ष्मीका नगरप्रमुख रामेश्वर श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वसभापति जीवा लामिछाने, वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

समता शिक्षा निकेतन गुठीले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक रु १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आएको छ । हाल ७७ जिल्लाका ८० स्थानमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन् । हाल ४० हजार ३२१ विद्यार्थी समताको विद्यालयमा पढ्छन् । समताको स्याङ्जा र गोर्खामा आफ्नै निजी भवन छ । अन्य जिल्लामा दाताले उपलब्ध गराएको जमिनमा कच्चा टहरा बनाइ समताले विद्यालय सञ्चालन गर्दे आएको छ ।

हाल सार्क मुलुकअन्तर्गत भारतको बिहार, श्रीलङ्काको अनुराधापुर, बङ्गलादेशको ढाका र बर्मामा समता गुठीले विद्यालय स्थापना गरी पठनपाठनको कार्यअघि बढाउँदै आएको छ । नेपालमा झण्डै १६ हजार शिक्षक समताले सञ्चालन गरेको विद्यालयमा पढाउने गर्छन् । समताले रु १०० मा जोरपाटीमा अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । समता शिक्षा निकेतन गुठीका संस्थापकमा उत्तम सञ्जेल छन् भने संरक्षकका वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्य हुनुहुन्छ ।

वि.सं.२०७८ चैत १४ सोमवार १४:१५ मा प्रकाशित

You can share this post!

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...