काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका संचालक सुनिल कुमार न्यौपानेको राजिनामा स्वीकृत भएको छ ।
बैंकको चैत १५ गते मंगलबार बसेको संचालक समितिको बैठकले न्यौपानेको राजिनामा स्वीकृत गरेको हो ।
बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत एक सूचना प्रकाशन गर्दै संचालक न्यौपानेले दिएको राजिनामा स्वीकृत गरेको जनाएको छ ।
वि.सं.२०७८ चैत १६ बुधवार ११:४५ मा प्रकाशित