back
NMB ad

६१ करोडमा ‘दमक सपिङ्ग कम्प्लेक्स’ बन्दै, ४२ करोड ऋण प्रवाहका लागि सम्झौता

Kumari bank ad

काठमाडौं । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपियाँ अुमानित लागतको “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

कोषको नगरपालिकाहरुमा शहरी पूर्वाधारका आयोजनामा बढी भन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधा सम्पन्न शहरको निर्माण तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप दमक नगरपालिकाको नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधीयुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट निर्माण हुन लागेको हो ।

“दमक सपिङ्ग कम्प्लेक्स” आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।

शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बीच ४२ करोड ८० लाख रुपियाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

“दमक सपिङ्ग कम्प्लेक्स” आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ ।

सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो । दमक नगरपालिकाको करिब आठ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ ।

सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत अध्ययन पश्चात निर्माण हुन गइरहेकोले आयोजना गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको जनाउँदै आयोजना समयमै सपन्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको लागि महत्वपूर्ण आयोजनाको लागि नगर विकास कोषको ऋण स्वरुप स्रोतको सुनिश्चितता भएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशकले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटर तयार भएको यो आयोजना नगरपालिकाको आइकनिक आयोजनाको रुपमा स्थापित हुने र यसले स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक सापकोटाले आधुनिक शहरी सेवा सुविधा विस्तारका लागि आयोजनालाई अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको शहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

वि.सं.२०७८ चैत १६ बुधवार १२:४९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...