back

‘अब हरेक नागरिकले राज्यलाई कर तिर्न सुरु गरौं, विकासका लागि विदेशी ऋणको आवश्यकता पर्दैन’

अनुषा थापा,

नेपाल सरकारले विदेशी राष्ट्रसंग लिएको ऋण बढ्दो छ । विभिन्न बहाना बनाउदै सरकारले ऋण लिने गरेको छ । तर, नेपाली जनतालाई आफ्नो सरकारले कुन-कुन राष्ट्रबाट ऋण लिएको छ यसबारे अत्तोपत्तो छैन ।

यता, कुन राष्ट्रले हामीलाई सबैभन्दा धेरै ऋण दिएको छ, कति प्रतिशत व्याजमा ऋण दिएको छ सरकारले यो पनि सार्वजनिक गरेको छैन । कतै नेपाल विदेशीको ऋणमा त डुबिसकेको छैन् ? विदेशीसंग लिएको ऋण तिर्न नसकेर भोलि नेपाल नै नरहने दिन त रहदैन् ? हामीले यतिवटा मुलुकसंग ऋण लिएको छ र कति प्रतिशत व्याजमा लिएको छ सरकारले यसको जानकारी जनतालाई दिनुपर्छ । अरु मुलुकले नेपाललाई मँहगो व्याजमा ऋण दिइरहेको छ । सरकारले पनि मन्त्रीपरिषद्बाट पारित गर्दै धमाधम ऋण स्वीकृत गरिरहेको छ । यस्तै यस्तो ढंगले भोलिका दिनहरुमा नेपाल श्रीलंकाजस्तै हुन धेरै बेर लाग्दैन । श्रीलंकाले पनि धेरै ऋण लिएका कारण त्यस्तो हालत भयो । नेपाल पनि उही स्थानमा आउन धेरै बेर लाग्दैन ।

धनी र विकसित मुलुकहरु पहिले ऋण दिन्छन्, पछि ऋण तिर्न सकेपछि देश नै खाइदिन्छन् । नेपालमा पनि त्यसको संकेत देखिन सुरु भइसकेको छ । निजी गाडी र शेयर गुन्द्रुकको भाउमा आइसक्यो । घरजग्गाको खरिदबिक्री ह्वात्तै घटेको छ । आयल निगमले इन्धन दिन नसक्ने अवस्था आइसक्यो, सातामा दुईदिन बिदाका लागि प्रस्ताव गरेको छ । बजारमा ग्यासको हाहाकार देखिन थालिसकेको छ । बैंकफाइनन्सको अवस्था डामाडोल छ भने नेपालको अर्थतन्त्र धरासायीमा पुगिसकेको छ । केही दिनअघि एउटा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले जनताले वित्तिय संस्थामा पैसा राख्न र झिक्न झण्झट मानेका कारण तरलता बढेको बताए । जनताले आफुसंग भएको पैसा घरमै राखेको उनको बुझाइ छ । यता, आफ्नो खातामा भएको रकम निकाल्न पनि सर्वसाधारणहरु दौडधुप गरिरहेका छन् । आफ्नो घरमा भएको पैसा राख्नुको साटो बहाना बनाउदै छिटोभन्दा छिटो पैसा निकाल्न खोज्दैछन् । कतिपय सहकारीले डिपोजिट रकम नै दिन नसक्ने भइसक्यो ।

निजी बैंकहरुले हामी कर्जा दिन सक्देनौ भनेर सुचना जारी गरिसकेका छन् । अर्थविद्हरुले भनेअनुसार अहिले बजारमा देखिएको तरलता तत्कालै समाधान हुदैन । साथै, व्यापार घाटाको खाडल झनै बढ्छ भने मुलुकमा अर्थको संकट झनै बढ्छ ।

नेपाल आयल निगमले निजी, सार्वजनिक र सरकारी सवारी साधनहरुमा जोरबिजोर लागु गर्नुपर्यो भनेर माग गरिरहेको छ । इन्धन दिन नसक्ने अवस्था आएपछि निगमले दुई दिन बिदाको प्रस्ताव गरेको छ । छोटो दुरीमा पैदलयात्रा गर्न निगमले सुझाएको छ । इन्धनबाट धेरै घाटा हुने भएपछि निगमले सरकारी, निजी सबै गाडीमा सिटभरि यात्रु हाल्न भनेको छ । पछिल्लो समय निगम टाट पल्टिसकेको छ । इन्धनको मुल्य चुक्ता गर्न र थप पेट्रोल डिजेल भित्र्याउनका लागि निगमले सरकारसंग ऋण मागेको छ । भनेकै बेलामा सरकार र राजनितिक दलहरुले ध्यान नपुर्याउँदा नेपालमा हाहाकार सुरु भइसकेको छ ।

गाडी बेच्ने पनि भारत पेट्रोल बेच्ने पनि भारत । यता, उब्जनी हुने जग्गामा बाटो बनाउन र गाडी चढाउन सिकाउने पनि भारत । निगमले इन्धन दिन नसक्ने घोषणा गरिसक्यो अब त्यो गाडी थन्किने भइसक्यो । अब भारतले फेरि त्यो सवारी लिएर जान्छ ? ऋण लिईलिई इन्धन दिदाँ देशका शीर्ष नेताहरु के हेरेर बसे ? मुलुकमा इन्धनको खानी छैन, भारतले जुनैबेला पनि नाकाबन्दी गर्न सक्छ भनेर राजनितिक दलले सोच्नुपर्दैन ? भारतबाटै आएको निर्माण सामग्रीले जहीतही घर बनाउन स्वीकृति दिए । अब भारतले त्यो सामान लैजान्छ ? यहाँका मान्छेले अब इँटा, सिमेन्ट चपाउने ? देशमा आर्थिक संकट देखिन थालिसकेको छ भने केहीदिनमा भोकमरी पनि सुरु हुन्छ । त्यतिखेर सरकारले के गर्छ ? एउटा नेपालीको टाउको ६१ हजार रुपैंया विदेशी ऋण छ । तीन करोड जनसंख्याको टाउको कति ऋण रहेछ ? नेपालले विदेशबाट खर्बौ ऋण लिएको छ । त्यही भएर पनि सरकारले गोप्य राखेको छ ।

भोलि विदेशीले थप ऋण नदिने डरका कारण सरकारले लेखाजोखा सार्वजनिक नगरेको हो । विदेशीले ऋण त मिनाहा गर्दैन, बरु सावा व्याज दुवै उठाउन खोज्छ । ऋण तिर्न नसकेपछि सावा व्याज थप बढ्दै जान्छ । जुन मुलुकको बढी ऋण लिएको छ उसले नै भोलि नेपाल हस्तक्षेप गर्न सक्छ । सरकारले जनतासंग लिनपर्ने राजस्व पनि उठाउन सकिरहेको छैन् । सबै क्षेत्रबाट कर उठाउन सक्ने हो भने विदेशी ऋण केही हदसम्म घट्थ्यो । पछिल्लो समय धेरै लगानी भएको क्षेत्रः निजी सवारी र घरजग्गा । तर, यी दुवैले राज्यलाई कर तिरेको छैनन् । तीन लाखदेखि तीन करोडसम्मको सवारी साधन बाटोमा गुडिरहेको छ । तर, सरकारले लगानीको पनि राजस्व पाएको छैन । निजी प्लेटका सवारी साधनले सरकारलाई रोडपरमिट, जाँचपास र नवीकरण पनि गर्दैन । यिनीहरु कम्पनी र घरेलुमा गएर पञ्जीकरण पनि हुदैन जसको कारण राज्य राजस्वविहिन छ । नेपालमा ३० करोड निजी प्लेटका सवारी साधन दर्ता छ ।

यिनीहरुको प्रदुषण पनि चेकजाँच हुदैन । एउटा मोटरसाइकलबाट प्रदुषण चेकजाँच गरेबापत राज्यले एकसय रुपैंया मात्र लिने हो भने राज्यको ढुकुटीमा कति कम जम्मा हुन्छ ? विदेशीबाट लिनुपर्ने ऋण त लिनुपर्दैन । सरकारले निजी प्लेटका गाडीको हकमा रोडपरमिट, जाँचपास, प्रदुषण र घरेलु र कम्पनीमा गएर पञ्जीकरण गर्ने नियम लागु गप्यो भने राज्यलाई निकै राहत हुन्छ । विदेशी ऋणको बोझ पनि घट्छ । अहिले जग्गा किन्ने र घर बनाउनतर्फ नेपालीको आकर्षण बढ्दो छ । सस्तो ठाँउमा चार आना जग्गा किनेर घर बनाउदा तीन करोड खर्च हुन्छ । यता, कुनै ठाँउमा अर्बौ रुपैंया लगानी गरेर घर बनाएका छन् । राज्यले घरजग्गाबाट कर उठाउन सक्नुपर्यो । राज्यले घरजग्गाबाट कर उठाउन सक्ने हो भने व्यापार घाटा पनि कम हुन्छ । यता, उसले राज्य आफ्नो सम्पत्तिको कर पनि तिरेको छैन ।

वर्षैपिच्छे सरकारले सर्वसाधारणको सम्पत्तिको लेखाजोखा गर्छ । तर, त्यसको पनि राज्यले कर पाएको छैन् । सबैलाई करको दायरामा ल्याउन सक्यो भने विदेशीको ऋणको खाँचो नेपाललाई छैन् । नेपालमा जुन चीज बढी छ त्यसबाट राज्यले सक्दो कर उठाउनुपर्छ । अब हरेक नागरिकले राज्यलाई कर तिर्न सुरु गरौ । यता, व्यापार व्यवसाय गर्नेले पनि कर तिरौ । कर नतिर्ने उद्योग, फर्म र कम्पनीको दर्ता खारेज गरिदिनुपप्यो । त्यस्तै, घरजग्गाको कर नतिरेको खण्डमा त्यसको खरिदबिक्री रोक्का गर्नुपर्छ । राजनितिक दल, सरकारी कर्मचारी र व्यापारीहरुले भ्रष्ट्राचार गरेर करोडौ रकम घरमा लुकाएका छन् । यो रकम निकाल्नका लागि सरकारले हजार र पाँचसयको नोटमा प्रतिबन्ध लगाउनुपर्छ ।

हरेक सरकारी कर्मचारी सम्पत्तिले भरिपुर्ण छन् । उनीले जागिर खाउञ्जेल प्रशस्तै सम्पत्ति जोडिसकेका छन् । तापनि सरकारले उनीलाई पेन्सनको व्यवस्था गरेको छ । यो तत्कालै खारेज गरौं । जसको छोराछोरी विदेशमा छन्, काठ्माडौंमा घर छ उनीहरुलाई किन पेन्सन दिने ? फजुल खर्च किन गर्ने ? यता, सरकारी कर्मचारीलाई सरकारी गाडी दिनुपर्ने आवश्यकता छैन । उसले जागिर खाएपछि हिडेर आऊन कि सार्वजनिक यातायातमा हामी जनतासंग सरोकार भएन । गाडी, चालक र इन्धन दिने काममा प्रतिबन्ध लगाउन ढिलो भइसकेको छ । काम नै नगर्नेलाई किन तलब खुवाउने ? कार्यालयमा बसेर सामाजिक सञ्जाल चलाउने कामको अन्त्य हुनुपर्छ ।

त्यसैगरी, ज्येष्ठ नागरिकलाई पनि सम्पत्तिको आधारमा मात्र भत्ता दिनुपर्छ । राजधानीमा घर भएका ज्येष्ठ नागरिक भत्ता थापिरहेका छन् यसमा सरकारले कटौती गर्नुपर्छ । साच्चै नै गरिब, कँही केही नभएकालाई मात्र भत्ता दिने व्यवस्था गरौ । विदेशीसंग लिएको ऋण नेताहरुले आ आफ्नो क्षेत्रमा लगेर खन्याएका छन् । भोट र नोटको लागि उनीहरुले नचाहिदो काम गरे । नेपालको भोटको खेती गरिने काम भयो । तर, ऋण त सबै नेपालीले बोकेका छन् । कतिपय जिल्लामा अहिलेसम्म बाटो बनेको छैन् । अस्पताल छैन, लाउने लुगा छैन । तापनि उनीहरुको टाउको ६१ हजार ऋण किन ?
उनीहरुले त्यो रकमको उपभोग गर्न पाएका छैन तापनि ऋण त बोकिरहेका छन् । सरकारी कर्मचारी र नेताहरु भ्रष्ट्राचारी हुँदा नेपाल सखापै बन्ने भयो । केही दिनयता नेपालमा भ्युटावर उद्घाटन गर्ने होडबाजी चलेको छ । भ्युटावरको साटो विद्यालय बनाउनुपर्दैन ? । सबै नेपाली शिक्षित भएपनि भोलि त्यस्ता कति भ्युटावर बन्थ्यो । गरिब नेपालीको झुप्रो हेर्न भ्युटावर बनाएको हो । भ्युटावरमा लगानी गर्नु भनेको वालुवामा पानी मिसाएसरह हो ।

हाम्रो सरकारसंग झोलुङ पुल हाल्न बजेट हुदैन भ्युटावर हाल्न प्रशस्तै हुन्छ । यस्तालाई पनि नेता भन्न मिल्छ ? जनताप्रति उत्तरदायी नहुने पनि सरकार हुन्छ ? अब पनि कर उठाउन र व्यापार घाटा कम गर्न नसक्ने हो नेपाली अर्थतन्त्र खाडलमै जान्छ । नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन र देशको चौतर्फी विकासका लागि विदेशीसंग ऋण लिएर होइन जनतासंग कर उठाएर विकास गर्न सकिन्छ । देश बचाउन सबैजना जिम्मेवार बनौं ।

वि.सं.२०७८ चैत १७ बिहीवार १२:२३ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशंका

वि.सं.२०७९ चैत १५ बुधवार १७:२१

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश...

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग

वि.सं.२०७९ चैत १५ बुधवार १६:२४

मुकेश कुमार यादब, सिरहा। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्स बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता

वि.सं.२०७९ चैत १५ बुधवार १५:३७

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल...

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

राम नवमीका अवसरमा भोलि सार्वजनिक बिदा

वि.सं.२०७९ चैत १५ बुधवार १५:३०

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

वि.सं.२०७९ चैत १५ बुधवार १५:२६

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन...