काठमाडौं । नबिल बैंकले तीन शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले चैत २० गतेदेखि कारोबार सुचारु हुने गरि शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
एक सूचना निकाल्दै बैंकले ललितपुर उपमहानगरपालिका–१४ मा रहेको नखिंपोट, पर्साको वीरजञ्ज महानगरपालिका–१ मा रहेको आदर्शनगर र हेटौंडा बुद्धचोकमा रहेको शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ ।
ललितपुर उपमहानगरपालिका–१४ मा रहेको नखिंपोट शाखा करिब ६ किलोमिटर पर गुसिंगल (कुपण्डोल नजिक), आदर्शनगर शाखा करिब १६ किलोमिटर पर र हेटौंडा बुद्धचोक ९ किलोमिटर पर चिसापानीमा स्थानान्तरण हुने बैंकले जनाएको छ ।
वि.सं.२०७८ चैत १८ शुक्रवार १४:५३ मा प्रकाशित