back
NMB ad

कृषि विकास बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले पाँचौ तह, व्यवसाय सहायक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ ।

बैंकले एक सूचना निकाल्दै विज्ञापन नम्बर– २२/२०७७–७८ को खुला तथा समावेशी तर्फ प्रथम र द्धितिय पत्रको लिखित परीक्षाका लागि भवन कायम गरेको हो ।

बैंकले २०७७ माघ ९ गते प्रकाशित उक्त विज्ञापन, पद, सेवा, समूहको प्रतियोगितात्मक लिखि परीक्षाका लागि नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (संचालन तथा व्यवस्थापन) सम्वन्धी मापदण्ड २०७७ (संशोधनसहित) को पालना गराउने गरि भवन कायम गरेको हो ।

तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरुमा कुनै पनि उम्मेदवारहरुलाई सम्मिलित नगराईने र तोकिएको परीक्षा भवनमा परीक्षा सुरु हुनुभन्दा कम्तिमा १ घण्टा अगावै पुग्नेपर्ने सूचनामा उल्लेख छ ।

प्रथम पत्रको लिखित परीक्षा २०७९ बैशाख २ गते दिनको २ बजे ( २ घण्टा ३० मिनेट) जुन वस्तुगत र बहुवैकल्पिक र विषयगत हुने बैंकले जनाएको छ । यस्तै, द्धितिय पत्रको लिखित परीक्षा २०७९ बैशाख ३ गते दिनको २ बजे २ घण्ट ३० मिनेट (विषयगत) हुनेछ ।

परीक्षा केन्द्र र अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना


वि.सं.२०७८ चैत २० आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...