back
NMB ad

‘नयाँ ट्याक्सीको दर्ता खोल्दा एकाधिकार तोडिन्छ, जनता ठगिने काम पनि रोकिन्छ’

Kumari bank ad

अनुषा थापा, 

कसैलाई अस्पताल जानपप्यो वा कोही हतारोमा छ भने ट्याक्सी नचढी सम्भव छैन् । तर, ट्याक्सी चालकलाई सयौबिन्ती गरेपनि उनीहरुले मिटरमा यात्रु बोक्न मान्दैनन् । बिरामी शिथिल भएको देख्दादेख्दै पनि ट्याक्सी चालकमा मनमा दया पलाउदैन् । बरु, भाडाको विषयमा लिएर आलटाल गरेर बस्छ । चालकले भनेजति रकम तिर्ने सहमति नभएपछि ट्याक्सी गुड्दैन् । हचुवाको भरमा आफुलाई मनलागे जत्ति भाडा भन्छन् ट्याक्सी चालक । उपत्यकामा जम्मा नौ हजार ट्याक्सी सञ्चालनमा छ । तीमध्ये एउटा ट्याक्सीले पनि मिटरमा यात्रु बोक्न र नजिक जान मान्दैन् ।

उपत्यकाभित्रका विभिन्न चोक वा अस्पताल अगाडि यात्रु र ट्याक्सी चालकबिच मोलमोलाइ भइरहेको प्रशस्तै भेटिन्छ । पाटन अस्पतालबाट कोटेश्वर महादेवथान मुनि आएको एकजना महिलाले सातसय तिरिन् । बिरामी साथमा भएकाले ट्याक्सी चढ्नुपरेको र चालकले मनलाग्दी भाडा मागेको उनको गुनासो छ । तीनवटा ट्याक्सीसंग घण्टौं मोलमोलाइ गरेपछि एउटाले सातसयमा ल्याउन मान्यो, उनी भन्छिन् । तर, दुरीको तुलना गर्ने हो भने पाटन अस्पतालबाट महादेवथान जम्मा तीन किलोमिटर छ । सरकारले तोकेअनुसार प्रत्येक किमि ३९ रुपैंया हो । त्यसैगरी, ट्याक्सी चढ्नेबित्तिकै यात्रुले १४ रुपैंया सेवाशुल्कबापत तिर्नुपर्छ । यात्रुले सरकारी भाडाअनुसार तीन किमिको जम्मा एकसय १७ रुपैंया तिरे पुग्छ । तर, तीन किमिमा लागि यात्रुले सातसय रुपैंया तिर्नुपर्ने बाध्यता छ । एकातिर ट्याक्सी भाडा मँहगो छ, अर्कोतिर पैसा तिरेजस्तो सेवासुविधा पनि यात्रुले पाइरहेका छैनन् । थोत्रा, पुराना, प्रदुषण गर्ने, डल्लो आकारका ७९६ सिसीका ट्याक्सीमा यात्रा गर्नुपर्छ । भाडा ट्याक्सीको तिरेपनि ट्याक्टरमा बसेजस्तो अनुभव हुन्छ । यत्रो पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न नपाउनु जनताका लागि दुर्भाग्यको कुरा हो ।

सरकारले ट्याक्सीको वर्गीकरण पनि गरेको छैन् । लक्जरियस् ट्याक्सीको दर्ता खोल्न सरकारले अहिलेसम्म गृहकार्यपनि थालेको छैन् । स्वदेशी त ट्याक्सीबाट आजित भइसकेका छन् । यता, ट्याक्सी चालकले विदेशीलाई पनि राम्रो सेवासुविधा दिन सकेको छैन् । ट्याक्सीको सिसी कम भएकाले यसले तीन जना मोटा मानिसहरुको भार थेग्न सक्दैन् । उकालोमा यात्रु आफैले ओर्लिएर ट्याक्सी ठेल्नुपर्ने हुन्छ । झोला र सुटकेस राख्ने ठाँउको पनि अभाव छ । यी ट्याक्सीले उपत्यकाबाहिर गएर पर्यटकलाई घुमफिर गराएर फर्किन सक्छ ।

उपत्यकाभित्रै ट्याक्सी नपाएर घण्टौं कुनुपर्छ । ट्याक्सी चाहिने भनेकै बिरामी हुदाँ वा हतार पर्दा त हो । अरु बेला चढ्नलाई भाडा तिर्नसक्ने स्थिति छैन् । तर, आफुलाई परेकै बेलामा ट्याक्सी पाइदैन् र ट्याक्सीको खोजीमा भौतारिनुपर्छ । अहिले सञ्चालन भएका ट्याक्सीहरु चक्रपथबाहिर जान मान्दैन् । बढी पैसा तिर्ने शर्तमा मात्रै ट्याक्सी चक्रपथबाहिर जान्छ । नेपाल सरकारले ट्याक्सीको रोड परमिट उपत्यकाभित्रका सबै ठाँउलाई दिइएको छ । उपत्यका बाहिरी जिल्लामा ट्याक्सी जानुपप्यो भने पटके काट्नुपर्छ । जसले गर्दा बाहिरी जिल्लाका बासिन्दाहरु ट्याक्सी चढ्नबाट वञ्चित बनेका छन् ।

यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले उपत्यकालाई मात्र ट्याक्सीको रोडपरमिट दिने निर्णय ३० वर्ष पुरानो हो । जनसंख्यालाई आधार मानेर त्यतिखेर उपत्यकामा मात्र ट्याक्सी चलाउन अनुमति दिइएको थियो । तर, अहिले उपत्यकाकै छिमेकी जिल्ला काभ्रेमा ट्याक्सी पाइदैन् । विगत ३० वर्षमा काभ्रेको जनसंख्या तेब्बर भइसकेको छ । तापनि सरकारले काभ्रेमा रोडपरमिट दिइएन् । हाल त्यहाँ रातो प्लेटको सवारीले यात्रु बोकिरहेका छन् । बनेपामा ट्याक्सी नभएर निजी प्लेटका सवारीले मनलाग्दी भाडा असुलिरहेका छन् । यसले गर्दा उनीहरु मारमा परेका छन् । सरकारले बागमती प्रदेशका हरेक जिल्लामा ट्याक्सीको पहुँच पुप्याउने हो भने रातो प्लेटको सवारीको ठगीधन्दा बन्द हुन्थ्यो ।

सरकारले नयाँ ट्याक्सी खोलेर रोड परमिट बढाइदिने हो भने आर्थिक कमजोर भएका सर्वसाधारणलाई निकै राहत हुन्थ्यो । सरकारले सिण्डिकेट हटाएको दाबी गरेपनि विगत तीन दशकदेखि नयाँ ट्याक्सीको दर्ता खोलिएको छैन् ।

सबै प्रदेशमा कालो र हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । प्रदेशले संघीय र संघीयले प्रदेशलाई देखाउने काम मात्र भइरहेको छ । नयाँ ट्याक्सीको दर्ता नखोलदिदा राज्यले राजस्व पाएको छैन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलिदियो भने मिटरमा यात्रु बोक्छु, आफ्नो देशमा स्वरोजगार बन्छु भन्दा पनि नेपाली जनताले पाएका छैनन् ।

अहिले भएको भाडाभन्दा कम मूल्यमा यात्रुलाई सेवा दिन्छु, राज्यको ऐनकानुन मान्छु र यात्रुले भनेको ठाँउमा जान्छु भन्दापनि उनीहरुले किन नपाउने ? देशमै स्वरोजगार बन्छु भन्दा किन नपाउने ? सरकार सबैको साझा हो । तर, सिमित व्यक्तिको फाइदाका लागि सरकारले अरु जनतालाई दबाउन मिल्छ ? बाटो सरकारको भएपनि कब्जा ट्याक्सी व्यवसायीले गरेका छन् । ट्याक्सी व्यवसायीले नयाँ ट्याक्सीको दर्ता खोल्न दिइरहेका छैनन् । आफ्नो कमाउधन्दाका लागि जनतालाई दुःखहैरानी दिने काम भइरहेको छ । विश्वका हरेक देशमा लक्जरियस् ट्याक्सी सञ्चालनमा छन् ।

लक्जरियस् ट्याक्सी चलाउदा उनीहरुको मुलुकको शोभा बढेको छ । यस्ता ट्याक्सीले प्रदुषण कम गर्दछ भने त्यसबाट त्यहाको जनताले भरपुर सेवासुविधा पाउछन् । त्यस्ता ट्याक्सी चल्ने शहरको शान नै बेग्लै हुन्छ । तर, नेपालको राजधानीमा २० वर्ष कटेका ट्याक्सीहरु गुड्छन् । यत्रो धुँवाको मुस्लो फालेर ट्याक्सीहरु गुडेको देख्दा पनि नियमनकारी निकाय मौन छ । ट्याक्सीकै कारण काठ्माडौंको बदनाम भएको छ भने प्रदुषण बढाउन यी सवारीको अह्म भुमिका छ । अहिले यातायात व्यवसायीहरु २० वर्ष पुराना ट्याक्सीको म्याद थप्न दौडधुप गरिरहेका छन् । कि त त्यसको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर सट्टाभरानामा दर्ता गर्न पाउनुपर्ने उनीहरुको माग छ । यसका लागि ट्याक्सी व्यवसायीहरु दिनहु प्रदेश र संघीय यातायात मन्त्रालय धाइरहेका छन् । साथै, ट्याक्सीको नया दर्ता खोल्न नहुने उनीहरुको भनाइछ । २०४० सालमा डेढ लाखमा किनेको ट्याक्सी आफै चलाएर वा भाडामा लगाएर दुई करोडभन्दा बढी कमाइसके । ट्याक्सी व्यवसायीले ३८ वर्षको अन्तरमा डेढ लाखबाट दुई करोड कमाउनु भनेको ठुलो कुरा हो । अब फेरिपनि आफैले व्यवसायी गर्न यिनीहरुको होडबाजी चलेको छ । उही पुरानो नम्बर प्लेटमा नयाँ ट्याक्सी किनेर दर्ता गर्न दिने हो भने एउटै व्यक्तिले ५८ वर्ष व्यवसायी गर्छ । यसले गर्दा अरु जनता मारमा पर्छन् । एउटै व्यवसायीले मात्र कमाइराख्छ, ऊ मात्र रोजगार बन्छ । जनसंख्या बढेको बढ्यै छ, ट्याक्सीको संख्या बढेको छैन् ।

सरकारले २० वर्ष पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट खारेज गरिदिनुपर्छ । सधै एउटै व्यक्तिले कमाइराख्ने, अरुचाहि हेरेर बस्ने । यसलाई मध्यनजर गर्दै नयाँ ट्याक्सीको दर्ता तत्कालै खोलिदिनुपर्छ । नयाँ ट्याक्सीको दर्ता खोलिदिदा जनताले सित्तैले सित्तैमा नम्बर प्लेट पाउछन् । यसले गर्दा ट्याक्सीको मुल्य कम पर्छ । जसले गर्दा सस्तो भाडामा सेवा दिन सकिन्छ ।

नयाँ ट्याक्सीको दर्ता नखोलिलिदा २० वर्षे पुराना ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट १२ लाखमा खरिदबिक्री हुन्छ । त्यो १२ लाख जोडेर ट्याक्सी भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिन्छन् । मँहगो लगानीका भएपछि ट्याक्सी व्यवसायीले यात्रु ठग्ने भइहाले । तर, नयाँ ट्याक्सीको दर्ता खुल्यो भने एउटा ट्याक्सीको मुल्य २० लाख पर्छ । हाल ट्याक्सीको बजार मुल्य ३२ लाख छ । सट्टापट्टामा फेरिपनि ट्याक्सी दिने हो भने जनता ठगिने क्रम झनै बढ्दै जान्छ । नयाँ ट्याक्सीको दर्ता खोल्दा एकाधिकार तोडिन्छ । जनता ठगिने काम पनि रोकिन्छ । ट्याक्सीमा भएको बेतिथि रोक्ने एउटै उपाय नयाँ ट्याक्सीको दर्ता हो ।

वि.सं.२०७८ चैत २१ सोमवार ०८:३२ मा प्रकाशित

You can share this post!

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...