back
NMB ad

जलविद्युत विकासमा राष्ट्र बैंक सधैं सहयोगी : डेपुटी गभर्नर मिश्र

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय संस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताउनु भएको छ ।

हिमालयन हाईड्रो एक्सपोको दोश्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मिश्र सहितका वक्ताहरुले लगानीयोग्य पूजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पार्नु भएको छ ।

मिश्रले जलविद्यूतको विकास तथा प्रवर्दनलाई राष्ट्र बैंकले उच्च महत्व दिदै आएको उल्लेख गर्नुभयो । नेपालको आर्थिक विकासमा जलविद्युत क्षेत्र प्रत्यक्ष र दुरगामी महत्व राख्ने क्षेत्र भएकाले राष्ट्र बैैंकले सो क्षेत्रको आवश्यकता अनुसार आर्थिक स्रोतको सहज व्यवस्थापन हुने गरी मौद्रिक नीति तथा अन्य निर्देशनहरु ल्याउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “देशको मुहार फेर्ने र पेट्रोलियम प्रतिस्थापन गर्न खास आवश्यकता भनेकै जलविद्युत् हो भन्ने राष्ट्र बैंकले बुझेको छ, त्यहि अनुसार हामीले डाईनामिक पोलीसी ल्याउने गरेका छौ ।”

स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सिमा अझै नपुगको र चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने संकेत उहाँले गर्नु भयो । वैदेशिक लगानी भित्राउने प्रकृयालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उहाँले अहिलेको तरलताको समस्या पनि जलविद्युत् सँग सम्बन्धीत कुनै पनि पक्षको आयातमा कुनै खाले अवरोध नराखिएको उहाँको भनाई थियो । “तरलता साईकल व्यवस्थापन गर्न खोज्दैछौं । टवाईन लगायत कुनै पनि उपकरण आयातमको एसलीमा वा अन्य कुनै अवरोध छ भने हामी रोक्दैनौ ।”

कार्यक्रममा नबिल बैंकका डेयुटी सिईओ मनोज ज्ञवालीले जलविद्युत् क्षेत्रमा खास भूमिकामा काम गर्न खोजेका लगानीकर्तालाई अझै पनि बैंकहरुले ढोका खुला राखेर स्वागत गर्ने बताउनु भयो । “जलविद्युत् क्षेत्रमा अनिवार्य गर्नु पर्ने लगानी अझै १.५ प्रतिशतमै सिमित रहेको वाणिज्य बैंकले तपाईहरुलाई स्वागत गर्छन । १० प्रतिशतको सिमामा पुग्न अझै पनि १ खर्व ८१ अर्व रुपियाँ जलविद्युत क्षेत्रमा लगानी गर्नु पर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

विदेशी लगानीकर्ता आकर्षण गर्न भने नेपालमा अझै धेरै सकस रहेको उहाँको विश्लेषण थियो । “विदेशी लगानीकर्ताले नेपाल आउन सोभरिन ग्यारेन्टी खोज्छन् सरकारले त्यो किन नदिएको, अनि हेजिङको सुनिश्चितता खोज्छन् तर सरकारले नियमावली नै ल्याउन सकेको छैन, यस्तो अवस्थामा विदेशी लगानी सेमिनारका बहस मात्र बन्छन् यथार्थ होइन,” उहाँले भन्नु भयो ।

बैंक तथा वित्तीय सँस्था परिसंघ (सिबिफिन) का उपाध्यक्ष भोजबहादुर शाहले कर्मचारी सञ्चयकोष, लगानीकोषजस्ता सरकारी स्वामित्वका ठूला डिपोजिटरले व्याजमा खेल्ने अवस्थाले जलविद्युत्जस्ता दिर्गकालीन लगानी क्षेत्रमा आक्रामक लागनी गर्न समस्या परेको बताउनु भएको थियो ।
धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले जलविद्यूत् विकासकर्ताले सस्थागत सुसासनलाई अझै राम्रो बनाउनु जान सुझाव दिनु भएको थियो । “यो तपाईहरुको प्रतिष्ठा विस्तार र शेयर लगानीकर्ताले विश्वासको आधार विस्तार गर्न अपरिहार्य छ,” उहाँले भन्नुभयो ।

छलफलमा मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले जलविद्यूत् आयोजनामा दिगो लगानीको स्रोतका रुपमा डिबेन्चरमार्पmत ऋण जुटाउने विकल्प प्रयोग प्रभावकारी हुने सुझाव दिनु भयो । उहाँले सस्थागत सुसासनलाई केन्द्रमा राखेर परियोजना तयार गरे लगानी अभाव नहुने बताउनु भएको थियो । “ऋण लागानीमा किन बैंकमात्र कुर्ने अव पुँजीबजारलाई प्रयोग गर्न सकिन्छ । जलविद्युत् आयोजनालाई खासमा डिबेन्चर चाइएको छ ।” उहाँले भन्नुभयो ।

वि.सं.२०७८ चैत २१ सोमवार ११:४६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...