back
NMB ad

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन २५ अर्ब बढी, कुन–कुन देखिए अब्बल ?

शिखर इन्स्योरेन्स फेरि अब्बल सावित, हिमालयन जनरलले बढायो व्यवसाय

Kumari bank ad

काठमाडौं । संचालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा २५ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा समितिले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा निर्जीबन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिको तथ्याङ्क अनुसार फागुन महिनमासम्ममा मात्रै २० निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४७ करोड ५६ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

उक्त अवधिमा सबैभन्दा बढी बीमा शुल्क शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । चालु आवको फागुन मसान्तसम्मा कम्पनीले ३ अर्ब १० करोड २९ लाख १३ हजार रुपैयाँ शुल्क आर्जन गरेको हो । फागुन महिनामा मात्रै कम्पनीले ३३ करोड ७४ लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेको दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त अवधिमा कम्पनीले २ अर्ब २२ करोड ३३ लाख ६७ हजार रुपैयाँ शुल्क आर्जन गरेको छ ।

चालु आवको आठ महिनको अवधिमा सबैभन्दा कम बीमाशुल्क जनरल इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले ६१ करोड १८ लाख ९ हजार रुपैयाँ मात्र बीमाशुल्क आर्जन गरेको छ ।

उक्त अवधिमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९करोड ८५ लाख ९७ हजार, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७३ करोड ८५ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स १ अर्ब ५७ करोड ६२ लाख ८७ हजार, प्रिमियर इन्स्योरेन्सको १ अर्ब ४४ करोड ८४ लाख ३२ हजार, राष्ट्रिय बीमा कम्पनीको १ अर्ब २९ करोड १६ लाख ३६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, फागुन मसान्तसम्ममा युनाईटेड इन्स्योरेन्सको १ अर्ब १० करोड ७२ लाख ५१ हजार, हिमालयन जनरलको १ अर्ब १० करोड ८ हजार, आइएमई जनरल १ अर्ब १० करोड ४ लाख ६१ हजार, अजोड इन्स्योरेन्सको १ अर्ब ६ करोड ८६ लाख ४९ हजार, नेपाल इन्स्योरेन्स १ अर्ब ५ करोड २४ लाख ६५ हजार, लुम्बिनी जनरलको १ अर्ब ३ करोड २३ लाख १५ हजार, प्रभु इन्स्योरेन्सको १ अर्ब ४१ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरि चालु आवको फागुन मसान्तसम्ममा दि–ओरिएन्टल इन्स्योरेन्सले ९२ करोड १२ लाख ८२ हजार, प्रुडेन्सियल इन्स्योरेन्सले ८८ करोड ४७ लाख २ हजार, एभरेष्ट इन्स्योरेन्सको ८१ करोड ९७ लाख १३ हजार, सानिमा जनरलको ६३ करोड ७१ लाख १३ हजार, नेशनल इन्स्योरेन्सको ५७ करोड ९२ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

वि.सं.२०७८ चैत २१ सोमवार १२:०६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...