back
NMB ad

सामुदायिक वनमा जडीबुटी खेती, आम्दानीको स्रोत बन्दै

Kumari bank ad

गलेश्वर । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयाका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ । यहाँ गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेती गर्न सुरु गरिएको छ ।

गुर्जाका बासिन्दाले जडीबुटीको व्यावसायिक खेती गर्न थालेका छन् । दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्गमा वनक्षेत्र फैलिएको छ । पदमार्गको नाम ‘यार्सा ट्रेल’ राखिएको धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा छ ।

हिउँदमा बाक्लो हिउँले ढाक्ने गुर्जासम्म म्याग्दीको लुलाङ र मुदी गाउँ तथा बागलुङको ढोरपाटनबाट पुग्न सकिन्छ । गुर्जाबाट पर्यटक सोझै ढोरपाटन पुग्ने गरेको छन्त्यालले बताउनुभयो । जडीबुटीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँको बाँझो जमिनमा स्थानीयले जडीबुटी खेती गर्न थालेका छन् । यहाँ रहेको हिमाली कृषि सहकारी संस्थाले व्यावसायिक खेती गर्न मद्दत गरेको छ ।

“सहकारीमा आबद्ध किसान जडीबुटी खेतीमा संलग्न छन्”, उहाँले भन्नुभयो । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरी आयआर्जन बढाएर आत्मनिर्भर बनाउन सहकारी संस्थामार्फत २५ किसानले जडीबुटी खेती थालेको छन्त्याल बताउनुहुन्छ । साढे दुई हेक्टरमा अतिस जातको जडीबुटीको बेर्ना लगाइएको छ । अतिसलाई जुका मार्नसमेत प्रयोग गरिन्छ । गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठसल्ला, जटामसीलगायत जडीबुटी पाइन्छ । “खाली जग्गा उपयोग गर्दै अतिसको बेर्ना उत्पादन गरी खेती विस्तार गरिएको छ”, छन्त्याल बताउनुुहुन्छ ।

यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनबाट घाँस–दाउरा मात्र होइन, औषधिका रुपमा जडीबुटीसमेत सङ्कलन गरिन्छ । स्थानीय रत्नवम मल्ल भन्नुहुन्छ, “आफ्नै गाउँघरको औषधि प्रयोग गर्न पाइएको छ ।” खोकी लाग्दा हर्रो, बर्रो खाने गरेको उहाँको भनाइ छ । कुरिलो, अमला, सेतो मुस्ली, क्यामुनो, तिमिया, बादलपातेलगायत जडीबुटीको अत्यधिक प्रयोग गरिन्छ ।

म्याग्दीका सामुदायिक वन दाउरा, घाँस र अन्य वनपैदावर स्थानीयवासीका लागि घरेलु उपचार र आम्दानीका स्रोत बन्दै गएका छन् । संरक्षणमा स्थानीयवासीको चासो र जडीबुटीको महत्व बढ्दै गएपछि सामुदायिक वन आयआर्जनका माध्यम बनेका हुन् । दीर्घकालीन असर नगर्ने हुँदा स्थानीयले वनमा पाइने जडीबुटी प्रयोग गर्छन् ।

निमित्त वन अधिकृत चन्द्रमणि सापकोटा वनमा प्रशस्त जडीबुटी पाइने बताउनुहुन्छ । जडीबुटीको खोजी, पहिचान र संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दैआएको उहाँको भनाइ छ । “सामुदायिक वनमा पाइने जडीबुटी आम्दानीका स्रोत बनेका छन्”, उहाँले भन्नुभयो । म्याग्दीका २१३ सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । ती जडीबुटीको संरक्षण र प्रयोग राम्रोसँग हुन भने सकेको छैन ।

वि.सं.२०७८ चैत २१ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...